Tuesday, January 19, 2021

जनशक्ति अभावले सुदूरपश्चिमका उद्योग थला पर्दै

- Advertisement -

वीरेन्द्र भट्ट
धनगढी । रोजगारीका लागि दशैंको मुखमा भारतमा काम गर्न जानेको लर्को लागिरहँदा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित उद्योग व्यवसायमा भने जनशक्ति अभाव हुन थालेको छ ।

करीब ७५ प्रतिशत जनशक्ति भारतलगायत मुलुकबाट झिकाएर उद्योग व्यवसाय सञ्चालन गर्दै आएका यहाँका उद्योगी व्यवसायीले बन्दाबन्दीयता दक्ष जनशक्ति ल्याउन नपाएपछि ठूला उद्योग व्यवसाय थला पर्दै गएका छन् ।

सुदूरपश्चिमका उत्पादनमूलक उद्योगमा ७५ प्रतिशत प्राविधिक भारतीय छन् । बन्दाबन्दी हटे पनि सीमा नाकाबाट आवतजावत बन्द रहेका कारण जनशक्ति भिœयाउन नपाएर यहाँका उद्योग व्यवसाय क्षमताको ३० देखि ४० प्रतिशत मात्र सञ्चालनमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी बताउँछन् ।

‘उद्योगमा प्राविधिक जनशक्ति भारतीय नै हुन्, हाम्रो जनशक्तिलाई मात्र प्रयोग गर्दा अहिलेकै अवस्थामा उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिँदैन,’ प्रदेश अध्यक्ष बोगटीले भने ।

‘यसअघि सरकारले स्वास्थ्य सतर्कता अपनाएर कामदार ल्याउन पाउने भनेको थियो, कामदार ल्याउन म आपैmले उद्योग मन्त्रालयमा निवेदनसमेत दिएको थिएँ,’ भागेश्वर ग्रूपका प्रबन्ध निर्देशकसमेत रहेका बोगटीले भने । तर, जनशक्ति ल्याउन पाउने गरी अभैm स्वीकृत नपाएको उनको गुनासो छ ।

तीन महीना लामो बन्दाबन्दी खुल्यो तर जनशक्ति अभावको ठूलो सामना गर्नु परेको बोगटीको भनाइ छ । भागेश्वर ग्रूपअन्तर्गत मात्र करीब ७ सय जनाले काम गर्दै आएकोमा अधिकांश जनशक्ति भारतीय नै भएको उनका भनाइ छ ।

‘गृह मन्त्रालयबाट अनुमति लिएर ७२ घण्टाभित्र पीसीआर गराएर प्राविधिकलाई मात्र भिœयाउन पाउने भनिएको थियो तर अहिलेसम्म कामदार ल्याउने वातावरण हुन सकेको छैन,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने ।

यहाँका सयौं इँटा उद्योग भारतीय कामदारमा निर्भर रहेका छन् । अध्यक्ष मल्लले जिल्लाभर सञ्चालित उद्योग व्यवसायमा ८० प्रतिशत कामदार भारतीय रहेको जानकारी दिए । उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न दीर्घकालीन रूपमा असर पर्ने उनले बताए ।

इँटा, सडक निर्माण, पुल, खानेपानी तथा ठूला उत्पादनमूलक उद्योगमा ९० प्रतिशत जनशक्ति भारतीय रहेको अवस्थामा कोभिड–१९ कारण तिनलाई ल्याउन नपाउँदा यहाँको उद्योग व्यवसाय नै चौपटको अवस्थामा पुगेको युवा उद्यमी मनोज अग्रवाल बताउँछन् ।

बिस्कुट, खाद्य मिल, तेल, दानालगायत उद्योग सञ्चालन गर्दै आएका अग्रवालले उत्पादनमूलक उद्योगमा प्रायः प्राविधिक भारतीय नै भएको बताए ।

‘कतिबेला उपकरण बिग्रने हो डरैडरले उद्योग चलाउनु परेको छ,’ उनले भने, ‘हाम्रो आप्mनो प्राविधिक भनेको ५÷७ प्रतिशत मात्र हो, बाँकी बाहिरबाटै झिकाएर काम गर्नुपर्ने अवस्था छ ।’

६ महीना लामो बन्दका कारण सुदूरपश्चिमको उद्योग व्यवसाय नराम्ररी प्रभावित बन्न पुगेको कैलाली उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका अग्रवालले बताए ।

भारतीय कामदारलाई ल्याउन पहलका लागि उद्योग वाणिज्य संघ कैलालीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्रसमेत बुझाएको छ । तर, अभैm कामदार ल्याउने वातावरण नबनेको उद्योगीहरूको भनाइ छ ।-आर्थिक अभियान

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी...

डिजेल र पेट्रोलको भाउ बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले...

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया