Monday, October 26, 2020

सुदूरपश्चिममा पर्यटकीय करिडोर निर्माणको ११ करोड बजेट उपयोगविहीन

- Advertisement -

वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच पर्यटकीय करिडोर निर्माणका लागि विनियोजन गरेको रकम उपयोगविहीन बनेको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गर्ने गरी विनियोजन गरिएको ११ करोड २६ लाख रकम उपयोगविहीन बनेको हो ।

प्रदेशको पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययनका लागि उक्त रकम विनियोजन गरिएको थियो । प्रदेशको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्न नसकेपछि रकम उपयोगविहीन वन्न पुगेको पर्यटन व्यवसायी बताउँछन् । कोभिड–१९ का कारण गरिएको लामो बन्दाबन्दीले काम प्रभावित बन्न पुगेको उद्योग, पर्यटन वन
तथा वातावरण मन्त्रालयका पर्यटन इकाइ प्रमुख भोजराज पाठकले बताए ।

‘सो रकम कार्यान्वयनमा जान नसकेपछि चालू आवका लागि सम्भाव्यता अध्ययन गर्न कुनै रकम विनियोजन भएको छैन’, उनले भने ।

प्रदेश सरकारले चालू आवका लागि प्रदेशको पर्यटकीय विकासका लागि भन्दै थोरै रकम विनियोजन गरेको उनले जानकारी दिए । गुरुयोजना निर्माणका लागि मात्र रकम विनियोजन भएको उनको भनाइ छ । गुरुयोजना निर्माणका लागि ५० लाख विनियोजन गरिएको उनले बताए ।

खक्रौला–टीकापुर–कर्णाली पर्यटन विकास गन्तव्य, महाकाली–दार्चुला पर्यटन विकास गन्तव्य, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर पर्यटन गन्तव्य, खुटिया–बीपीनगर–तेलेलेख–
दीपायल–साँफेबगर–रामारोशन–बडिमालिका पर्यटन विकास गन्तव्य र झुलाघाट–खोड्पे–बझाङ पर्यटन विकास गन्तव्यका लागि गत आर्थिक वर्षमा रकम विनियोजन गरिएको थियो ।

विनियोजित बजेट कार्यान्वयनमा नआएपछि चालू आवमा कुनै रकम विनियोजन भएको छैन । अघिल्लो आवको पर्यटनसम्बन्धी कार्यक्रम मन्त्रालयको योजनामा भएरनभएको विषयमा मन्त्री माया भट्ट नै अनविज्ञ छन् । पर्यटन करिडोर निर्माणका योजना वार्षिक कार्यक्रमबाटै हटाइएको छ । मन्त्री भट्ट भने ती कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको दाबी गर्छिन् । पर्यटन करिडोरमा पदमार्ग, भ्यू टावर निर्माण, स्वागत गटे लगायतका संरचना निर्माणर गर्ने योजना प्रदेश सरकारको थियो ।

तर, कोभिड–१९ का कारण पर्यटनअन्तर्गतका अधिकांश कार्यक्रम कार्यान्वयनमा समस्या भएको मन्त्रालयका पर्यटन इकाइ प्रमुख जोशीले बताए । यस वर्ष पर्यटन करिडोर निर्माणका
कार्यक्रम प्रदेशको रातो किताबबाटै हटाइएको छ । चालू आर्थिक वर्षमा प्रदेशको पर्यटन विकासका विभिन्न शीर्षकमा गरी झन्डै ५० करोड रकम विनियोजन गरिए पनि चालू आवको तीन महिना पुग्नै लाग्दा पनि कार्यान्वयनको तयारी कहीँकतैबाट हुन सकेको छैन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया