सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

सुदूरपश्चिममा यो वर्ष धान उत्पादन वृद्धि हुने आकलन

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
October 12, 2020
Reading Time: 1min read
0
सुदूरपश्चिममा यो वर्ष धान उत्पादन वृद्धि हुने आकलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आकलन गरिएको छ ।

RELATED POSTS

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क आउन बाँकी रहेको बताए ।

‘कृषि प्राविधिकले धानबालीको उत्पादनको मापन गर्न ‘क्रफ कटिङ‘ कार्य गरिहेकोले उत्पादनको तथ्यांक आइसकेको छैन’, उनले भने, ‘बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभरी पाँचदेखि १० प्रतिशत वृद्धि हुने अनुमान छ ।’ बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या कतिपय क्षेत्रका किसानले झेल्नुपरेको थियो ।

तराईका कैलाली र कञ्चनपुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन् । उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको बताइएको छ ।

क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा कुल १ लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ । योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ ।

ADVERTISEMENT

प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पादकत्व ३ दशमलब २३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी धान उत्पादन कैलालीमा ३ लाख ३ हजार६९५ मेट्रिक टन हुने गरेको छ ।

कुल खेतीयोग्य जग्गा मध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिंचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकासको पानीका भरमा खेती हुने गरेको छ । खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो असजिलो छैन ।

आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नु पर्ने हुँदा पहिलेको भन्दा निकै सहज हुने गरेको कैलालीको गोदावरी नगरपालिकाका कृषक मदनराज भट्ट बताउँछन् । ‘कृषिको काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ’, उनले भने, ‘समयमै मल, बीउबिजन, सिंचाइको नपाइनाले समस्या हुने गरेको छ ।’

असार महीनामा रोपिएको धान पाकेपछि किसानलाई यतिवेला बाली काटेर भित्र्याउने चटारो छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई विक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

प्रदेशका अधिकांश जिल्लामा चाड पर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने प्रचलन छ ।

धान, गहुँलगायतका बाली काट्नु अघि नयाँ बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ ।

गाइको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ । देली बालो लगाउँदा कूलदेवता खुशी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ ।

ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

January 19, 2021
लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !
समाचार

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

January 19, 2021
हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना
समाचार

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

January 19, 2021
अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !
समाचार

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

January 19, 2021
उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?
समाचार

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?

January 18, 2021
अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

January 18, 2021
Next Post
बढीमालीका माइको दर्शन तथा पूजापाठ गरेर  फर्किए तीर्थालु

सुदूरपश्चिममा पर्यटकीय करिडोर निर्माणको ११ करोड बजेट उपयोगविहीन

जनशक्ति अभावले सुदूरपश्चिमका उद्योग थला पर्दै

जनशक्ति अभावले सुदूरपश्चिमका उद्योग थला पर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In