Monday, October 26, 2020

बेलौरीमा २९ सय उखु किसानको विवरण दर्ता

- Advertisement -

मदन गिरी
महेन्द्रनगर  । कञ्चनपुरको बेलौरी नगरपालिकामा २ हजार ९०० किसानको उखुखेती सम्बन्धी विवरण दर्ता गरिएको छ । नगरपालिकाको कृषि शाखाले संघीय सरकारको निर्देशन बमोजिम नगदेबालीको रूपमा रहेको उखु खेतीको विवरण दर्ता गरेको हो ।

नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले नगरका १० ओटै वडाबाट विवरण संकलन गरिएको बताए । उनका अनुसार आफ्नै जग्गामा खेती गर्ने किसानको संख्या २ हजार ३४३ रहेको छ । यी किसानले ४ हजार २७८ बिगाहा क्षेत्रफलमा उखुखेती गरेका छन् ।

त्यस्तै भाडामा जमीन लिएर खेती गर्ने किसानको संख्या ३६९ र ऐलानी जमीनमा उखुखेती गर्ने किसानको संख्या १९० छ, जसले क्रमशः १ हजार ७८४ र २८२ बिगाहा क्षेत्रफलमा उखुखेती गरेका शाखाले बताएको छ ।

विवरण दर्ता गर्ने क्रम असोज मसान्तसम्म भएकोले उखु किसानको विवरण अझै बढ्न सक्ने शाखा प्रमुख जोशीको भनाइ छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो महीना साउनदेखि नै उखु किसानको विवरण संकलन शुरू गरेको हो । विवरण दर्ताका लागि किसानको नागरिकता, लालपुर्जा, भाडामा भए सम्झौता, ऐलानी भए चार किल्ला प्रमाणित गरेको प्रमाणपत्र आवश्यक पर्ने नगरपालिकाले बताएको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले सरकारले दिने अनुदानको वैज्ञानिक र सहज बनाउन किसानको विवरण संकलन गरिएको बताए । उनका अनुसार उखु खेती गर्ने किसानको वास्तविक विवरण नहुँदा सरकारले दिने अनुदान वितरणमा समस्या हुने गरेको थियो ।

‘उखु किसानलाई वर्षेनि सरकारले अुनदान दिने व्यवस्था गरेको छ,’ नगर प्रमुख चौधरीले भने, ‘हचुवाको भरमा अनुदान वितरण गर्दा वास्तविक किसान छुट्ने सम्भावना रहन्छ, किसानले उत्पादन अनुसारको अनुदान पाउँदैनन् ।’ साथै विवरण संकलन गरी अनुदान वितरणमा सहज हुने उनको विश्वास छ ।

कृषिलाई प्राथमिकतामा राखेको बेलौरी नगरपालिकाले चालू आवमा २ करोडभन्दा बढी बजेट कृषिक्षेत्रका लागि छुट्याएको छ ।

‘बेलौरी नगरपालिकामा अधिकांश व्यवसाय भनेकै कृषि हो,’ नगर प्रमुख चौधरीले भने, ‘कृषिक्षेत्रको विकास र आधुनिकीकरणका लागि योजना बनाएका छौं, उत्पादनमा आधारित अनुदान तथा कृषि औजार वितरणका कार्यक्रम नगरपालिकाले अघि सारेको छ ।’

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया