सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

महेन्द्रनगरमा करीब ७२ करोड लगानीमा व्यापारिक मल निर्माणको तयारी

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
अशोज २६, २०७७

मदन गिरी
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी क्षेत्रसहितको लगानीमा व्यापारिक मल निर्माण योजना अघि सारेको छ । नगरपालिकाले महेन्द्रनगर बजारको सब्जीमण्डी विस्तापित गरी सोही स्थानमा मल बनाउने तयारी गरेको हो ।

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10

नगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा मल निर्माणका लागि केही दिनअघि स्थानीय व्यवसायीसँग छलफल समेत गरेको छ । दीर्घकालीन आम्दानी र निजीक्षेत्रसँगको सहकार्यका लागि उक्त योजना अघि सारिएको नगरपालिकाका इन्जिनीयर हिमालय ऐरले बताए । रू. ७१ करोड ७५ लाख अनुमानित लागत रहेको उक्त मल निर्माणका लागि निजीक्षेत्रबाट ५० प्रतिशत लगानी आह्वान गरिएको छ ।

नगरपालिकाले नगर विकास कोषको ऋण लगानीमा मल निर्माण योजना अघि सारेको हो । करीब १ बिगाहा क्षेत्रफलमा निर्माण गरिने मलको डीपीआर तयार भइसकेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यस क्षेत्रको आवश्यकतालाई बुझेर दीर्घकालीन सोचका साथ मलको परिकल्पना गरिएको बताए । नगरपालिकाले महेन्द्रनगरलाई आधुनिक शहरको रूपमा विकसित गर्न चाहेको उनको भनाइ छ ।

‘हाम्रो शहरमा जनसंख्या बढ्दो छ, बजारीकरणको क्षेत्रफल सीमित छ,’ नगर प्रमुख विष्टले भने, ‘हामीले उपभोक्तालाई एउटै छानामुनिबाट अत्यधिक सेवा दिन खोजिरहेका छौं । यसले एकातिर उपभोक्तालाई सहज हुन्छ भने अर्कोतिर नगरपालिकाका र अन्य निजी लगानीकर्तालाई आर्थिक लाभ हुन्छ ।’ मलमा व्यापारिक प्रतिष्ठान, स्थानीय उत्पादन, फिल्म हल, रेस्टुराँ लगायत रहनेछन् भने अन्य मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन हुनेछ ।

पाँच तलाको रहने उक्त मल निर्माण शुरू गरिएको २ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । सब्जीमण्डीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ । त्यस्तै ऋण लगानीका लागि नगर विकाससँग प्रक्रिया शुरू गरी निजीक्षेत्रका स्थानीय लगानीकर्तासँग पुनः छलफल गरिने नगर प्रमुख विष्टले बताए ।

नगरपालिकाको उक्त योजनाले कञ्चनपुरका व्यवसायी उत्साहित भएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले नगरपालिकाले ल्याएको योजना व्यावहारिक एवं समय सान्दर्भिक रहेको बताए । ‘यहाँको बजारलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘बजारमा उपभोक्ताको चाप बढिरहेकाले यस्तो व्यापारिक मलको अवधारणा ल्याउनु राम्रो हो ।’ तर यसमा सरकारी र निजी लगानी प्रस्ताव गरिएकाले स्पष्ट नीति तथा कार्यविधि ल्याउनुपर्नेमा उनले जोड दिए । साथै नगरपालिकाले लगानीको सुनिश्चतता गर्न सके मल निर्माणका लागि निजीक्षेत्र आकर्षित हुने धारणा उनले राखे ।

कञ्चनपुरका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशदत्त जोशीले मल निर्माणका व्यवसायी लगानी गर्न तयार रहेको बताए । उनले लगानीकर्ता नाफा केन्द्रित हुने भएकाले मलबाट हुने लाभ वितरणबारे स्पष्ट गरिनुपर्ने बताए ।

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
22
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

बेलौरीमा २९ सय उखु किसानको विवरण दर्ता

सुदूरपश्चिममा यो वर्ष धान उत्पादन वृद्धि हुने आकलन

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
5

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
8

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In