सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा असोज २७ गतेदेखि नियमित हवाइ सेवा सञ्चालन हुने

बझाङ : बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । हप्ताको बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको हो । धनगढी(बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ ।

Sana Kishan

समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बहीबार र शुक्रबार मात्रै उडान हुने छ । देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान भएको थियो । धनगढी(बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ ।

संविधानसभा सदस्य अफिलाल ओखेडाले जहाज सेवा सञ्चालन भएपछि बझाङबासीलाई अत्यावश्यक काम पर्दा धनगढी जान सहज हुने बताए । उनले भने,‘भाडादर नेपाल नागरिक उड्ययन प्राधिकरणले नै तोकेको रहेछ । ५हजार आधा घण्टाको यात्रा अत्यावश्यक काम पर्दा ठिकै हो । हाम्रो लागि हवाइ सेवा सञ्चालन हुनु सुखद नै हो । लामो समयपछि बझाङबासीको धोको पुरा भउको छ । प्रताप ओलीले सेतीखबरमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.