कञ्चनपुरको वेदकोट नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएसँगै विकास निर्माणका कार्यले गति लिएको छ । संघिय राज्य व्यवस्थाअघि विकासमा पछाडी रहेको वेदकोट नगरपालिकाले अहिले चौतर्फी विकास निर्माणमा फड्को मारेको छ । विशेश गरि नगरपालिकाले भौतिक पुर्वाधारका संरचना निर्माणसँग शिक्षा, स्वास्थ्य लगायतको संवेदनशिल सेवालाई प्रभावकारी बनाउदैँ लगेको छ ।

स्थानीय तहको निर्वाचन अघि साविकको सुडा र दैजी गाँउपालिकमा दुई वडा मात्रै स्वस्थ्य चौकी थिए । भने हाल नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकीसँगै आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिका प्रमुख अशोक कुमार चन्दले स्थानीय तहको नेतृत्वमा आईसकेपछि स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेरमा प्राथमिकतमका साथ स्वास्थ्य कार्यक्रम अगडी बढाएको बताए ।
उनका अनुसार नगरपालिकाको ३ र ७ नम्बर वडामा मात्रै स्वास्थ्य चौकी रहेकोमा हाल नगरपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले भौतिक संरचना निर्माण कार्य पनि तिव्रताका साथ अगाडी बढाएको छ ।
वडा नम्बर २,६,५,७ र १० मा स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण कार्य भईरहेको छ । त्यस्तै नगरपालिकाले सेत्केरीको सहततका लागि बर्थीङ सेन्टरको स्थापना गरेको छ । वनजात शिशु, नगर स्वागत कार्यक्रम अन्र्तगत सबै सुत्केरीले स्वास्थ्य सेवाको पहुचमा पु¥याउन नगरपालिकाले एक हजार भत्ता दिने व्यवस्था गरेको छ ।
त्यस्तै स्थानीयलाई नगरमै सहज स्वास्थ्य सेवा दिन नगरपालिकाले ५० शैया नगर अस्पताल बनाउने परिकल्पना अघि सारेको छ ।

नगर प्रमुख चन्दका अनुसार नगर अस्पताल बनाउन भौैतिक संरचना निर्माण कार्य अगाडी बढाईएको छ । अस्पताल भवन निर्माणका लागि टेण्डर पक्रिया सुरु गरिएको छ । नगर अस्पताल निर्माणका लागि जयशंकर सामुदायिक वन क्षेत्रमा आवश्यक जग्गामा पर्खाल निर्माण गरि घेरबार गरिएको छ ।
नगरपालिकाले सबै स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा स्यानिटरी प्याडका भेडिङ् मेसिन जडान गरेको छ । स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन दुई वटा रेडक्रसका भवन निर्माणको क्रममा छन् । भने स्वच्छ खानेपानिको सुविधाका लागि १५ वटा खानेपानिका योजना निर्माणको चरणमा छन् ।
दुई वर्ष भित्र नगरमा पुर्ण खानेपानिको सुविधा पुग्ने नगर प्रमुख चन्दको भनाई छ । ‘हामिले स्वास्थ्ग संवेदनशिलताका ध्यानमा राखेर प्राथिकताका साथ योजना अगाडी बढाएका छौँ ।’ नगर प्रमुख चन्दले भने ‘नगरवासिलाई सहज र शुलभ स्वास्थ्य सेवा दिने नगरको प्रतिवद्धता हो ।’

त्यस्तै नगर एम्बुलेन्स र शव वहान यसै आवमा खरिद गर्ने नगरपालिकाको योजना छ । महाकाली अस्पतालका मेसु श्रेष्ठ सम्मानीत महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर हरिकुमार श्रेष्ठ प्रदेश स्वास्थ्य सेवा पुरस्कारद्धारा सम्मानीत भएका छन् ।
शनिबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आयोजित वार्षीक समिक्षा गोष्ठी कार्यक्रममा मेसु श्रेष्ठ सम्मानीत भएका हुन् । लामो समयदेखि महाकाली अस्पतालमा सेवारत डाक्टर श्रेष्ठले अस्पतालका सेवा सुधार तथा विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्दैँ आएका छन् ।
त्यस्तै अस्पतालमा कार्यरत प्रयोगशाला प्रमुख प्रेम नारायण शर्मा र कर्मचारी शारदा बोहरा समेत पुरस्कृत भएका छन् । दोधराचाँदनी स्वास्थ्य केन्द्रका डाक्टर चौधरी पुरस्कृत कञ्चनपुरको माहाकाली नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका कार्यरत डा. गगन कुमार चौधरी पुरस्कृत एंवम् सम्मानीत भएका छन् ।
शनिबार स्वास्थ्य निर्देशनालय डोटीले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनीमा कार्यरत डाक्टर चौधरी लाई सम्मान गरिएको हो । २०७५ सालबाट माहाकाली नगरपालिका दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत रहेका चौधरले स्वास्थ्य केन्द्र सुधारका लागि उल्लेखनीय काम गर्दै आएका छन् ।

जनता र स्थानीय सरकारको निकै विश्वास जितेका चौधरीले यस्तो सम्मान पाउनु स्वास्थ्य केन्द्र का लागि गर्वको विषय भएको छ । दोधारा चाँदनी स्वास्थ्य केन्द्रबाट दैनिक १५० देखि २०० जना विरामी दैनिक सेवा लिने गरेको छन् ।
दैनिकजसो २४ घण्टा सेवामा खटिने गरेका डा. चौधरीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले सम्मान पत्र सहित नगद २० हजारले पुरस्कृत गरेको हो ।
प्रतिक्रिया