महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर हरिकुमार श्रेष्ठ प्रदेश स्वास्थ्य सेवा पुरस्कारद्धारा सम्मानीत भएका छन् । शनिबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आयोजित वार्षीक समिक्षा गोष्ठी कार्यक्रममा मेसु श्रेष्ठ सम्मानीत भएका हुन् । लामो समयदेखि महाकाली अस्पतालमा सेवारत डाक्टर श्रेष्ठले अस्पतालका सेवा सुधार तथा विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्दैँ आएका छन् । त्यस्तै अस्पतालमा कार्यरत प्रयोगशाला प्रमुख प्रेम नारायण शर्मा र कर्मचारी शारदा बोहरा समेत पुरस्कृत भएका छन् ।
दोधराचाँदनी स्वास्थ्य केन्द्रका डाक्टर चौधरी पुरस्कृत
कञ्चनपुरको माहाकाली नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका कार्यरत डा. गगन कुमार चौधरी पुरस्कृत एंवम् सम्मानीत भएका छन् ।
शनिबार स्वास्थ्य निर्देशनालय डोटीले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनीमा कार्यरत डाक्टर चौधरी लाई सम्मान गरिएको हो ।
२०७५ सालबाट माहाकाली नगरपालिका दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत रहेका चौधरले स्वास्थ्य केन्द्र सुधारका लागि उल्लेखनीय काम गर्दै आएका छन् ।
जनता र स्थानीय सरकारको निकै विश्वास जितेका चौधरीले यस्तो सम्मान पाउनु स्वास्थ्य केन्द्र का लागि गर्वको विषय भएको छ । दोधारा चाँदनी स्वास्थ्य केन्द्रबाट दैनिक १५० देखि २०० जना विरामी दैनिक सेवा लिने गरेको छन् । दैनिकजसो २४ घण्टा सेवामा खटिने गरेका डा. चौधरीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले सम्मान पत्र सहित नगद २० हजारले पुरस्कृत गरेको हो ।