Saturday, October 31, 2020

बैतडीका नौ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

- Advertisement -

कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बैतडीका नौवटा स्थानीय तहमा पाँच शैयाको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ।

कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच शैयाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका नौवटा स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो। अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सरकारले जिल्लामा बजेट समेत पठाइसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत प्रत्येक स्थानीय तहमा रु १० लाखका दरले बजेट निकासा भएको उनको भनाइ छ। बैतडीमा दशरथचन्द नगरपालिकाबाहेक सबै स्थानीय तहमा पाँच शैयाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

“कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा स्थानीयस्तरका नागरिकलाई सजिलो होस् भनेर अस्थायी कोभिड अस्पताल बन्न लागेका हुन्। स्थानीय तहहरुले यी अस्पतालको व्यवस्थापन गर्नेछन्”, प्रमुख भट्टले भने, “तीन महिनाका लागि मात्रै अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने छन्।”

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो। जिल्लाको दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको समेत माग गरिसकेका छन्।

ती अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको तीन महिनाका लागि दरबन्दी रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। निर्माण हुने अस्थायी अस्पताल व्यवस्थापनमा प्रतिबेड रु दुई लाखका दरले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा रु पाँच लाख, औषधिका लागि रु ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिकबापत रु चार लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको छ। जिल्लाको पाटन नगरपालिकाले पनि केही दिनभित्रै जनशक्ति माग गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

उनले भने, “प्राथमिक स्वास्थ्य केन्द्रमै पाँच श्ययाको अस्थायी कोभिड अस्पताल निर्माणका लागि कार्यपालिकाले निर्णय गरिसकेको छ। केही दिनभित्रै जनशक्ति माग गरेर अस्पताल सञ्चालन गरिनेछ।” यस्तै सिगास गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिए।

उनले भने, “हामी अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिका लागि आवेदन आह्वान गरिसकेका छौँ। छिट्टै कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउनेछौँ।”केही स्थानीय तहले भने अझै पनि अस्पताल सञ्चालनको तयारी गर्न सकेका छैनन्। कोरोना भाइरसका जटिल बिरामीलाई अस्थायी कोभिड अस्पतालमा उपचार गरिने बताइएको छ।

बैतडीमा हालसम्म ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। जसमध्ये २० जना सक्रिय सङ्क्रमित छन् भने एक जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भीमदत्तमा योग शिक्षा पढाईने, कक्षा १ को पाठ्यक्रम तयार

महेन्द्रनगर १४ कार्तिक । कञ्चनपुरको भिमदत्त नगरपालिकाकाले नगरका सबै विद्यालयमा योग शिक्षाको पठनपाठन सुरु गर्ने भएको छ । नगरपालिकाले योग शिक्षाका लागि कक्षा १...

कञ्चनपुरमा विहेको भोज खाएका थप ८ जना बिरामी, अस्पताल भर्ना गरियो

कञ्चनपुरमा विहेको भोज खाएका थप ८ जना बिरामी परेका छन् । जिल्लाको जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको विवाहमा भोज खाएका थप ८...

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया