Monday, October 26, 2020

जथाभावी सिटामोल प्रयोग गर्दा हुने जोखिम

- Advertisement -

अहिले अस्पताल आउजाउ गर्न सहज छैन । त्यही कारण सानोतिनो समस्या हुँदा कतिपयले आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले प्यारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ ।

बजारमा सजिलै उपलब्ध हुने र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायको रुपमा प्रयोग गर्छन् । तर कम समयको लागि प्रयोग गरिने यस्तो औषधिको निरन्तर सेवनले गंभिर समस्या समेत निम्त्याउँछ । यसको अत्याधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगहरुमा गम्भीर असर पुग्ने गर्छ ।

चिकित्सकहरुका अनुसार दैनिक तीन ग्राम भन्दा बढी प्यारासिटामोलको प्रयोग स्वास्थ्यका लागि घातक हुनसक्छ । त्यसैले, चिकित्सकहरु विना सल्लाह प्यारासिटामोल प्रयोग नगर्न सल्लाह दिने गर्दछन् ।

विना चिकित्सकको सल्लाह गर्भवती महिलाले प्यारासिटामोलको सेवन गरेमा यसले गर्भमा रहेको शिशुको शारीरिक विकासमा अवरोध पैदा हुन्छ ।

दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलको प्रयोग लामो समयसम्म गरेमा यसले मिर्गौलालाई क्षति पु¥याउन सक्छ । लामो समयसम्म प्यारासिटामोलको प्रयोगले पेटमा वायु हुनसक्छ । त्यस्तै, अपच वा पेट भारी भएको महसुस हुनसक्छ । त्यस्तै, केही व्यक्तिमा सिटामोलको अत्याधिक सेवनले छाला रातो हुने, छाला चिलाउने, पोल्ने लगायतको समस्या हुनसक्छ, जुन छालाको एलर्जीका कारण हुने गर्छ ।

हल्का ज्वरो आएमा वा ज्वरो कम गर्न परेमा बालबालिकालाई प्यारासिटामोल दिइने गरिन्छ । जबकी कयौ शोधहरुले जनाए अनुसार छ–सात वर्षको उमेर देखिनै बच्चाहरुलाई प्यारासिटामोल दिनाले उनीहरुको शरीरमा आज्माको लक्षण देखिने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई १०१ डिग्री ज्वरो आएपछि मात्र प्यारासिटामोल दिनु पर्दछ ।

पहेलोपना, जण्डिस वा कलेजो सम्बन्धि समस्यामा चिकित्सकको सल्लाह विनै प्यारासिटामोलको सेवन गर्नाले कलेजो अरु खराब हुनसक्छ । यस्तो समस्या भएमा आफै औषधी खानु भन्दा पहिले चिकित्सकको सल्लाह लिन जरुरी छ ।

अमेरिकाको सियाटलस्थित फ्रेड हचिङसन क्यान्सर रिसर्च सेन्टरले गएको एक अनुसन्धान अनुसार प्यारासिटामोलको अत्याधिक प्रयोगले प्लड क्यान्सरको जोखिम समेत निम्त्याउने गर्छ ।

यस अनुसन्धानका लागि वासिङ्टन डिसीमा बसोवास गर्ने अनुसन्धानकर्ताहरुले ६५ सय वृद्धवृद्धाको रगतको नमुना परिक्षण गरेको थियो ।

करिब छ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा प्यारासिटामोलको अत्याधिक प्रयोग गर्नेमध्य करिब एक प्रतिशतमा व्लड क्यान्सरको समस्या रहेको पाइएको थियो । एक प्रतिशत मध्य पनि पाँच सय ७७ जना मध्य नौ प्रतिशतले प्यारासिटामोलको प्रयोग अत्याधिक गरेको पाइएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा...

हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

हरियो खुर्सानी पिरो हुने हुनाले कुनैलाई मन पर्छ कुनैलाई मन पर्दैन । कुनैले त हरियो खुर्सानी काचै खान मनपराउछन् । खादा पिरो भए पनि...

मेवा कुनबेला खाने, कुन बेला नखाने ?

गर्भवतीले नखाने ?विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया