Thursday, October 22, 2020

कोभिड संक्रमित शान्ता चौधरीलाई आइसियुमा सारियो

- Advertisement -

काठमाडौं- लक्षणसहितको कोरोना भाइरस (कोभिड(१९) संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ।

वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो।

चार दिनसम्म सधारण वार्डमा राखेर उपचार गराउँदा स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा सारिएको हो। क्यान्सर जस्तो जटिल रोगलाई जितेकी शान्तालाई पछिल्लो समय दमले च्यापेको थियो। दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

शान्तालाई २०७१ सालमा स्तन क्यान्सर भएको थियो। जसको उपचार उनले भारतको नयाँ दिल्लीमा गरेकी थिइन्। उपचारका लागि सरकारले दिएको रकमबाट बँचेको ५ लाख रुपैयाँ पनि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन्।

वीर कोभिड अस्पतालमा भर्ना भएपछि यही २० गते उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन्। उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिएका छन्।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

यी हुन् दसैँ भत्ता फिर्ता गर्ने सांसद

  काठमाडौं, कार्तिक २ ‘सरकारले दसैँको भत्तासहितको रकम पठाइदिएको थियो। त्यसैअनुसार हामीले सबै सांसदको खातामा हालिदिएका हौँ। संसदको व्यवस्थापन समितिले निर्णय गरेको भए राम्रो हुन्थ्यो।...

राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया