सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

ओली र प्रचण्डले छानेका तीन नेताले मन्त्रालय रोज्दा पुनर्गठनमा ढिलाइ

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
अशोज २४, २०७७
1 min read

मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्ने वा रिक्त रहेका तीन मन्त्रालयमा मात्र तत्काल मन्त्री नियुक्त गर्ने भन्ने विषय पटक पटकको कुराकानीपछि टुंग्याएका नेकपाका दुई अध्यक्षलाई फेरि मन्त्री चयन गर्न सकस भएको छ।

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हाललाई रिक्त रहेको तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र थप पुनर्गठन दशैं–तिहारपछि गर्न मनाएका हुन्।

तर, ती तीन मन्त्रालयमा मन्त्री बनाउने व्यक्ति चयन गर्न भने दुवैजना नेतालाई निकै सकस परेको छ।

अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि जस्ता महत्वपूर्ण मन्त्रालय लामो समयदेखि रिक्त छन्।

अहिलेको कोरोना महामारीलगायत अन्य महत्वपूर्ण नियमित काममा निरन्तर भूमिका रहने अर्थमन्त्रालय एक महिनादेखि मन्त्री नहुँदा प्रधानमन्त्रीले सो मन्त्रालय आफै मातहत राखेका छन्।

मन्त्रालयका महत्वपूर्ण निर्णयहरु गराउन सचिवहरु नियमित बालुवाटार धाउनुपर्ने बाध्यता छ। यसैकारण तत्काल रिक्त मन्त्रालयलाई पूर्णता दिएर तिहारलगत्तै पूर्णरुपको पुनगर्ठन गरेर जान प्रचण्डलाई सहमत गराए पनि ती मन्त्रालयमा पठाउने नेताहरुबारे टुंगो लगाउन भने सकेका छैनन्।

यसपटक पार्टीका तीन प्रभावशाली नेताहरुलाई सरकारमा सामेल गराउन दुवै नेता सहमत भए पनि प्रस्तावित व्यक्तिहरुले मन्त्रालय रोज्न थालेपछि अप्ठ्यारो परेको हो।

पार्टीका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई रिक्त मन्त्रालयमा पठाउन दुई नेताबीच सहमति भएपनि पाण्डेले अर्थ र शर्माले गृह दाबी गरेपछि सो आंशिक पुनर्गठनको प्रयास समेत रोकिएको ओली र प्रचण्ड दुवैतर्फका स्रोतहरुले जनाएका छन्।

डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रयास विफल भएदेखि नै प्रधानमन्त्री ओलीले अर्थमा विष्णु पौडेललाई नै लैजाने मनस्थिति बनाइसकेका छन्।

एउटै मन्त्रालयमा दुईजनाको दाबी परेपछि मन्त्री टुंगो लगाउने विषयमै कुरा रोकिएको स्रोत बताउँछ।

‘रिक्त मन्त्रालयमा पौडेल, पाण्डे र शर्मालाई लैजाने दुबै अध्यक्षबीचमा सहमति जुटिसकेको थियो,’ ओलीनिकट स्रोतले भन्यो, ‘तर, प्रस्तावित नेताहरुले मन्त्रालय रोजेका कारण रोकिएको छ।’

कार्यकारी अध्यक्ष प्रचण्डनिकट स्रोतले पनि शर्माले अर्थ वा गृह पाउनुपर्ने अडान राखेको बतायो।

‘पार्टी एकतादेखि पार्टीभित्र संकट उत्पन्न हुँदा समेत मैले नेतृत्वकै पक्षमा मरिमेटेर लागेको छु,’ शर्माले ओली–प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘नेतृत्वले मेरो इमान्दारिता देखेको हो भने योगदानको मूल्याङ्कन गरोस्, यो पटक अर्थ वा गृहमध्ये एउटा मन्त्रालय देओस्।’

आइतबारको सचिवालय बैठकपछि लगातार छलफलमा बसेका अध्यक्षद्वयले माधव नेपाल समूहको समेत प्रतिनिधित्व गर्नेगरी तीन मन्त्री नियुक्त गर्न लागेका हुन्। ओलीनिकट पौडेल, नेपाल समुहका पाण्डे र पूर्वमाओवादी नेता शर्मालाई मन्त्री बनाउँदा तीनै पक्ष समेत समेटिन्छ।

‘रिक्त मन्त्रालयमा लैजाने नामबारे सहमति जुटेपनि सम्बन्धित व्यक्तिले एउटैमा दाबी गरेपछि अध्यक्षद्वयलाई सोहि विषय टुंग्याउन सकस परेको छ’, ओलीनिकट एक नेताले नेपालखबरसँग भने।

यसअघि तीन मन्त्रीमात्र नियुक्ति गरेर जाने र तिहारपछि पूर्णरुपको मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्ड असहमत थिए। प्रचण्डले रिक्त रहेका मन्त्रालयसहितको समग्र पुनर्गठन नै एकमुष्ट गर्न जोड गरिरहेका थिए।

तर, पहिलो चरणमा रिक्त रहेको मन्त्रालयमा मन्त्री बनाउने र तिहारपछि पूर्णरुपमा पुनर्गठन गर्न प्रधानमन्त्रीले जोड गरेपछि प्रचण्डले ‘त्यसो भए तपाईको तर्फबाट काम अगाडि बढाउनुस्’ भनी सहमति जनाएको उनीनिकट नेताहरु बताउँछन्।

तीन जना मन्त्री बनाएपछि फेरि पुनर्गठन होला भन्नेमा प्रचण्डलाई आशंका थियो। ‘तर प्रधानमन्त्रीले महासचिव पौडेल र जनार्दन शर्माकै अगाडि गर्छु भनेपछि सहमत हुनुभएको हो,’ एक स्थायी समिति सदस्यले भने।

दुई नेताले चयन गरेका तीन नेताले नै मन्त्रालयमा असहमति जनाएपछि अर्को अप्ठेरो आइलागेको बालुवाटारनिकट नेताहरुको भनाइ छ।

‘अब उहाँहरुलाई कुर्ने कि अरु नै बनाएर जाने भन्ने निर्णय भइसकेको छैन तर, विकल्पमाथि छलफल हुन थालेको छ,’ एक स्थायी समिति सदस्यले भने।

प्रस्तावित व्यक्ति चयन गरेपछि फेरि मन्त्रालयमा विवाद सुरु भएका कारण केहि दिन लाग्न पनि सक्ने देखिएको छ। ‘कुनै ढंगबाट जुट्छ कि हेरौं नत्र अन्य विकल्पहरुबारे पनि छलफल हुनसक्छ,’ ती नेताले भने।

प्रचण्डनिकट अर्का एक नेताले पौडेल, पाण्डे र शर्मालाई मन्त्री बनाउन दुवै नेताबीच सहमति भएको हुँदा मन्त्रालयको विषय मिल्नासाथ तत्काल तीन मन्त्री थपिन सक्ने बताए।

असोज मसान्तभित्र पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउनेबारे पनि दुई अध्यक्ष र महासचिवले तयारी गरिरहेका छन्।

नेकपाका तीन आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुंगो लगाउन बाँकी छ।

‘असोज अन्तिममा सबै सकिन्छ, हामीले सहमति गरेरै गरिरहेका छौ’, महासचिव पौडेलको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो। -नेपाल खबर

सिफारिस

मुख्य समाचार

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6
मुख्य समाचार

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
मुख्य समाचार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6
मुख्य समाचार

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
मुख्य समाचार

नक्कली पीसीआर रिपोर्ट लिएर उड्न लागेका ११२ यात्रुलाई फर्काइयो

बैशाख ९, २०७८
22
मुख्य समाचार

भारतमा कोरोनाको संक्रमण उच्च, अस्पतालमा अक्सिजनको अभाव

बैशाख ९, २०७८
7
अर्को

कोभिड संक्रमित शान्ता चौधरीलाई आइसियुमा सारियो

वामदेवको मन्त्री बन्ने सपना चकनाचुर

विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने

बैशाख ९, २०७८
6

महाकाली अस्पतालका १३ जना कर्मचारीमा कोरोना पुष्टि

बैशाख ९, २०७८
5

बैशाख १० गतेसम्म भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

बैशाख ९, २०७८
10
अनलाइनखबर

कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं

बैशाख ९, २०७८
8

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

बैशाख ९, २०७८
6

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैशाख ९, २०७८
23
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In