Tuesday, January 19, 2021

डा. केसीको धड्कन असामान्य

- Advertisement -

काठमाडौँ — अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

६४ वर्ष पुगिसकेका डा. केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । ‘अहिले हरेक मिनेटमा एक–दुई पटक असामान्य धड्कन देखिएको छ,’ उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले भने, ‘असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्छ ।’

 

डा. केसीलाई निमोनिया हुने सम्भावना बढी देखिएकाले शुक्रबार छातीको ‘सिटिस्क्यान’ गरिएको छ । ‘सिटिस्क्यानमा अलिकति समस्या देखियो,’ डा. आचार्यले भने, ‘छातीमा देखिएको परिवर्तन संक्रमण वा कुन कारणले हो भन्न सकिने स्थिति छैन ।’ थप समस्या पहिचान गर्न शनिबार रेडियोलोजिस्टको सल्लाह लिने तयारी रहेको उनले बताए ।

डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् । छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिएका छन् ।

उनलाई न्यून परिश्रममा समेत सास फेर्न गाह्रो भइरहेको चिकित्सकले बताएका छन् । शुक्रबार केही क्षण अक्सिजन नदिँदा सास फेर्न गाह्रो भएको थियो ।

त्यो समय अक्सिजन स्याचुरेसन ८६–८७ प्रतिशतमा झरेको थियो । ‘केही मिनेट अक्सिजन नलिएर सामान्य रूपमै सास फेरिरहनुभएको थियो । लगत्तै फेस मास्कको माध्यमले प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिन थालियो,’ डा. आचार्यले भने, ‘अक्सिजन दिन थाल्दा अक्सिजनको स्याचुरेसन ९४–९५ प्रतिशतमा पुग्यो ।’

 

डा. केसीको पिसाब पनि अत्यन्त कम आउने गरेको छ । रक्तचाप ९०र४० देखि ११०र६० सम्म देखिएको छ । उनले रगतको अन्य परीक्षण गराउन अस्वीकार गरेका छन् । ‘उहाँ एलर्ट (चनाखो), ओरिएन्ट (वातावरणअनुकूल आफ्नो स्थिति बुझ्ने) हुनुहुन्छ,’ डा. आचार्यले भने, ‘उहाँ सबै कुरा गर्नुहुन्छ । सुन्ने, देख्ने, निर्णय लिने, बोल्ने शक्तिमा कमी भएको छैन ।’ स्वास्थ्यस्थिति अत्यन्त जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन चिकित्सकहरूले आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने...

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका...

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

जुम्ला। देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको तीन वर्षपछि फेरि कर्णाली प्रदेशबाट विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले तालिका...

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड १४ गतेदेखि घुमाईने भएको छ । पैदल र सडक...

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

काठमाडौं। अबदेखि स्थानीय तहमा करारमा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाबाट निर्णय गरेर मात्र नियुक्त गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको...

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले...

काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य...

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ...

बैतडीमा कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र...

बैतडी-  नेपाल विद्यालय कर्मचारी परिषद मेलौली नगर ईकाई कमिटिको बैठक सम्पन्न भएको छ । नगर ईकाई कमिटि अध्यक्ष रामचन्द्र ओझाको अध्यक्षतामा बिभिन्न बिषयहरुमा छलफल...

प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुँदै, होला त अन्तिम फैसला?

  प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि सोमवारका लागि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आइतवार बहस नसकिएपछि सोमवारका लागि पेशी तोकिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया