Thursday, October 29, 2020

’आइसोलेसन नबस्‍ने कोभिड संक्रमितलाई ६ महिना जेल’

- Advertisement -

काठमाडौं- पछिल्लो समय तीव्र गतिमा कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेका छन्। संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबार भएको नियमित मिडिया ब्रिफिङका क्रममा कोभिड(१९ पोजेटिभ भएका व्यक्तिहरु आइसोलेसनमा नबसेको रिपोर्ट आएकाले त्यस्तो भएमा कारवाही हुने उल्लेख गरे। ’कोरोना संक्रमितहरु आइसोलेसनमा नबसेको रिपोर्ट प्राप्त भएको छ।

त्यस्तो अवस्थामा घर परिवार र छिमेकीले पनि अनुमगन गरी खबर गरिदिनु होला’, उनले भने, ’पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको र अरुको सम्पर्कमा आएको छ भने ६ संक्रामक रोग कानुन अनुसार ६ महिना जेल हुन्छ। सरकारले कडाइका साथ कारवाही गर्ने छ।’

गौतमले आइसोलेसनमा नबस्‍ने व्यक्तिको अनुगमन गर्न स्थानीयवासीलाई पनि अपिल गरेका छन्। ’कोरोना संक्रमित बाहिर निस्किँदा अरुमा सर्ने हुँदा ख्याल गरौं। धेरै जसो लक्षण नभएका संक्रमितबाट अरुलाई सार्ने जोखिम हुन्छ।

घरमा आइसोलेसनमा बस्‍ने ठाउँ छ भने घरमै बसौं’, उनले भने, ’पिसिआर गरेपछि अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नू, पोजेटिभ आएमा अरुलाई सर्न सक्ने हुन्छ, त्यसैले परीक्षण गर्न दिइसकेपछि रिपोर्ट नआएसम्म क्‍वारेन्टाइनमा बस्‍नु पर्छ।’

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

मुखमा घाउ आयो ? घाउ हटाउने उपाय यो हो !

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।यी घाउले खाना खान...

मुखभित्र देखिने क्यान्सरका पाँच संकेतहरु‘..

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

३ वटा सुन्तलामा भन्दा एउटै अमलामा पाइन्छ बढी भिटामिन

अमला हामीले सधैँ खाइरहेको फल हो । अमला के हो ? भन्ने विषयका सबैलाई जानकारी होला । त्यसै पनि अहिल अमलाको सिजन हो ।...

तितो भयेपनि उपयोगी छ करेला

करेलाको स्वाद तितो भएकै कारण केहिलाई यो साह्रै नमिठो लाग्दछ भने कतिपय मानिसलाई यहि स्वादका कारण करेला मन पर्दछ ।बजारमा पाइने सबैभन्दा तितो तरकारी...

दूध र माछामासु किन संगै खानुहुँदैन एकपटक पढ्नुहोस !

घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया