Monday, October 26, 2020

पानीको भाउ व्यापारीको स्वार्थमा

- Advertisement -

काठमाडौँ – व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी मूल्य ५० रूपैयाँ तोकेपछि करिब दुई महिनापछि व्यापारीले पानीको मूल्य बढाएर बेच्न थालेका हुन् ।

विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् । खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४० रूपैयाँमा बेच्दै आएको थिएँ,’ गुरागाईंले भने, ‘खरिद भाउ बढेपछि ४५ रूपैयाँमा बेच्न थालेको छु ।’ पानीको ब्रान्डअनुसार मूल्य फरकफरक छ ।’

एक जार पानीमा १० देखि १५ रूपैयाँ मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘योजनाबद्ध रूपमा पानीको मूल्य बढाउने काम भयो,’ तिमिल्सिनाले भने, ‘सरकारले ५० रूपैयाँ एमआरपी तोकेपछि त्यसलाई आधार बनाएर व्यापारीले मूल्य बढाएका हुन् ।’

पानीको एमआरपी मूल्य निर्धारणको विषय संसदीय समितिमा पुगेपछि विभागले मूल्य निर्धारण स्थगन गरे पनि अहिले व्यापारीले अटेर गरेर मनोमानी रूपमा मूल्य बढाएका छन् । विभागले पुरानो मूल्यका आधारमा एमआरपी मूल्य घटाएर प्रतिजार ५० रूपैयाँमा झारेको दाबी गरे पनि बजार मूल्यभन्दा धेरै तोकेपछि उद्योगीलाई बहाना मिलेको थियो । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया