सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द

कञ्चनपुर, २३ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारी र अन्य थप ३ जना गरी जम्मा ६ जनामा शुक्रबार कोभिड १९ संक्रमण देखिएपछि यही असोज २३ गते देखि २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले बताउनु भयो ।

Sana Kishan

उहाँका अनुसार, संक्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालय २९ गतेसम्मका लागि बन्द गरिएको हो । बेलौरी नगरपालिकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीलाई अनुरोध समेत गरेको छ । हरिश्चन्द्र बागले नेपालबोधमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.