Wednesday, October 28, 2020

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

- Advertisement -

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् । सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोनाभाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमहरुको कार्यान्वयनको जिम्मेबारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने शर्त पनि राखिएको छ । शुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या विस्तारै बृद्धि गरिदै लैजाने अधिकारीहरुले जनाएका छन् । –एएनआई

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान

कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् । कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया