Tuesday, January 19, 2021

जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेन

- Advertisement -

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन ।

जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो । समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

आग्रह गरेको हप्ता दिन बितिसक्दासम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुनसकेको छैन । पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन बित्यो । त्यस्तै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो । पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो । “दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । “कि सेवा देऊ कि टावर अन्यत्र सार ?”, अधिकृत गिरीले भने, “नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन ।”

त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा चार घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए । बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ ।

इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ । निजी प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन् । जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सातवटा जिएसएम (नमस्ते) को टावर तीन वर्षदेखि अलपत्र परेका छन् ।

यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ । आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए । जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ ।

बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए । अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ । “दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ”, उनले भने । सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ । इन्टरनेटमा समेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन् । गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो...

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ । सूदूरपश्चिम कै...

देश आज अभिभावकबिहीन बनेर रोइरहेको छः प्रचण्ड

काठमाडौँ । यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ संगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यही क्रममा...

काँग्रेस नेता बडुलाई मातृ शोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ । उनकी आमा कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको...

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ आज पनि हुनेछ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया