Wednesday, October 28, 2020

आईपीएलमा हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

- Advertisement -

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ ।

बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११र११ रन जोडे । हैदराबादका राशिद खानले ३ विकेट लिए ।

यस्तै खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए । यस्तै अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए । पन्जाबका रवि विश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा छ । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर...

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन्...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

आईपीएल : चेन्नई सुपर किंग्सको सानदार जीत

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई हराउँदै चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हात पारेको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

शीर्ष स्थानमा पुग्यो दिल्ली

काठमाडौं, १० असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) का लगातार दुई खेलमा जित हासिल गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ...

आइपीएल : चोटका कारण यी १० खेलाडी समस्यामा, कुन टिमका कति?...

काठमाडौं, : आइपीएल २०२० को सुरुवात भइसकेको छ । बुधबारसम्म भएका म्याचबाट राम्रो आनन्द मिलेको छ । चार म्याच सकिँदा ‘सुपर ओभर’का साथै चौका-छक्काको वर्षा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया