Thursday, October 22, 2020

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि(वाइफाइ सेवा

- Advertisement -

काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस(वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो ।

बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ । फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दाे र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ ।अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक(पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ ।

यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । कम्पनीले यो परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगत राखेर प्रवर्द्धन गरिरहेको छ ।

अब यस्ता सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ ।

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।

कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फोरजी नेटवर्कमा यस्ता सेवाले चाप घटाउने बताए । उच्च गतिको इन्टरनेट सेवका पाउन एक्सप्रेस वाइफाइले सघाउने उनको भनाइ छ । यो सेवाका लागि फेसबुकले वर्ल्ड लिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सुरुआतबाटै कम्पनीले जनतालाई अनेकन किसिमबाट स्तरीय सुविधा दिन खोजको बताए । सरकारले आईएसपीलाई छुट्याएको फ्रिक्वेन्सी उपलब्ध गराए कम्पनीले डाटा सेवा पनि थाल्ने बताए ।

अब फेसकुकको सफ्टवेयर सिस्टमबाट सार्वजनिक वाइफाइ सेवा अझ प्रभावकारी बन्ने उनको दावी छ ।news37daily

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया