सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको दैजी जोगबुढा सडक निमार्ण तिब्रगतिमा

महेन्द्रनगर, २२ असोज । सुदूरपश्चिम प्रदेशकै गौरवको योजना अन्तर्गत पर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको कालोपत्रेको तयारी तिब्र रुपमा भैरहेको छ । लामो समयदेखी अलपत्र परेको सडक संघ र प्रदेश कसले निमार्ण गर्ने विवादका बिच प्रदेश सरकारले सडक निमार्ण गर्न लागेको हो ।

संघ प्रदेश बिच कसले निमार्ण भन्ने कुरामा अल्झिएको दैजी जोगवुढा सडकखण्ड लामो समयको अन्तराल पछि प्रदेश सरकारको लगानीमा निमार्ण सँगै कालोपत्रेको समेत तयारी भैरहेको छ । जिल्लाको बेदकोट नगरपालिका र डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकालाई जोड्ने उक्त सडकको कालोपत्रेको तयारीको काम भने तिव्र गतिमा भैरहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताए ।

“लामो समयदेखी कसले बनाउने भन्ने अलझन्का बिच अहिले प्रदेश सरकारको लगानीमा सडक निमार्ण तथा कालोपत्रेको काम धमाधम अगाडि वढेको छ ।” बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले भने, “बिचमा कोरोना कहरले केही निमार्ण कार्यमा ढिलाई भएपनि हाल भने निमार्ण कम्पनीले कामलाई गति दिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

”निमार्ण कम्पनीले असोज महिनाको अन्तिम साता भित्रमा झण्डै ४ किलोमिटर क्षेत्रमा भने सडक कालोपत्रे गरिसक्ने उनले बताए । नगर प्रमुख चन्दका अनुसार बेदकोट तालको तल चोरपानी देखी मुनि तिरको सडकमा बेस विछाउने काम भैरहेको छ । यस्तै बेस विछाएपनि प्राइम हाल्ने र प्राइम हालेको तिन चार दिन भित्रमा कालोपत्रे गर्ने योजना निमाणृ कम्पनीको रहेको नगर प्रमुख चन्दको भनाई छ ।

दैजी जोगवुढा सडकको दैजी देखी लिप्ना सम्म झण्डै १७ किलोमिटर सडक निर्माणका लागि नागार्जुन कन्ष्ट्रक्शनसँग १६ करोेड ३८ लाख २५ हजार ८ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन नसक्दा योजना निर्माणको समयसीमा १ वर्ष थप गरिएको छ । “दैजी जोगवुढा सडक खण्डको केही भाग तिहार अगावै कालोपत्रे गर्ने योजनाका साथ निमार्ण कम्पनी काम गरिरहेको अवस्था छ ।” प्रमुख चन्दले भने, “नगरपालिका स्थित बेतकोट तालको ३ किलोमिटर जती माथि सम्म झण्डै ९ किलोमिटर कालोपत्रे तिहार अगावै सम्पन्न हुन्छ, तिहारपछि चिसोको मौसममा काम कालो पत्रेको काम गुण्स्तरिय नहुने भएकोले पनि निमार्ण कम्पनीलाई जतिसक्दो चाडो निमार्ण गर्न भनिएको छ ।”कालोपत्रे गर्ने सडकको बाँकी रहेको काम भने फागुन चैतमा गरिने उनको भनाई छ ।

यस्तै दैजी जोगवुढा सडक खण्ड कालोपत्रे भैसकेपछि पहाडी जिल्लामा आवत जावत गर्न सहज हुनेछ । तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा शुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ ।
कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डँडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।ईन्दु धामीले paschimtoday मा लेखेकि छन  

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.