Tuesday, January 19, 2021

आज बिहिवारः यस्ता कार्यहरु गर्नाले भगवान खुसी भइ मिल्नेछ सुख र समृद्धि

- Advertisement -

बिहीबार देवताहरुका गुरु बृहस्पति को दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ। यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यसदिन मूल्यवान धातु खरिद गर्न, व्यवशायमा लगानी गर्न , बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ।

त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरू गर्न राम्रो हुने गर्दछ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मी को दिन पनि भनेर चिनिन्छ र यसदिन लाई देवराज इन्द्रले शाशन गर्ने गर्दछन। ज्योतिषशास्त्रका अनुसार यसदिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दिशातर्फ यात्रा गर्न अशुभ मानिन्छ।

त्यसैगरी, बिहीबारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने मान्याता छ। यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्यालयमा पहेंलो वा फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।

यसबाहेक बिहिवारको दिन राम्रो भाग्यलाई आकर्शित गर्न घरबाट कुनै कामको लागि निस्किनु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ। साथै यसदिन रहरको दाल, मेवा र खानासँग घ्यूको प्रयोग गर्दा भाग्यमा राम्रो परिणाम ल्याउन सक्ने ठुलो बिश्वास छ ।

यो पनिःकुनै नयाँ कार्य गर्दा हामिले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ ।जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ ।

बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ ।बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घीउको दीप बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ ।

यस दिन साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता आउदैन ।

शास्त्र अनुसार बिहिबार के कार्य गर्दा शुभ के कार्य गर्दा अशुभ.हामी थोरै मात्र मानिस कुनै कार्य गर्दा बार हेरेर कुन बार के कार्य गर्दा ठिक हुन्छ वा कुन बार के गर्दा ठिक हुँदैन भनेर गर्ने गछौँ । जसले धर्मशास्त्रबारे थाहा भएको हुन्छ त्यो व्यक्तिले कुनैपनि कार्यगर्दा शास्त्र अनुसार कुनबार के कार्य गर्दा ठिक हुन्छ त्यो जानेर गर्ने गर्दछ ।

तर हामी धेरै मानिस कुनै कार्य गर्दा धर्मशास्त्र अनुसार गर्दैनौं जे सुकै काम होस् जुनसुकैबार गरी रहेका हुन्छ । धर्मशस्त्रले भन्छ कुनै कुनै कार्य गर्दा जुनसुकै बार गर्नु हुँदैन यसरी गर्न नहुने बारमा ती कार्यहरु गरेमा अशुभ हुन्छ, जिवनभर समस्या आईरहन्छ, जिवनमा दुःख पिडा भईरहन्छ । जस्तै बिहिबार के कार्य गर्दा शुभफल मिल्छ र के कार्य गर्दा अशुभ फल प्राप्त हुन्छ तल भनिएको छ ।यी कार्यहरु बिहिबार गर्दा शुभफल प्राप्त

धर्मकर्म गर्नु. ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने शास्त्रमा भनिएको छ ।लक्ष्मीको पूजा गर्नुहोस.बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पतिपत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।बिहिबार यी कार्य गरेमा अशुभ फल प्राप्त

रौं काट्नु हुँदैन.बिहिबारको दिन कपाल वा दारी का’ट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहिबार रौं का’ट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

कपाल नुहाउनु हुदैन.शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिको रुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

दारी काट्ने वा नङ काट्ने गर्नु हुदैन.बिहिबार नङ का’ट्नु र दारी का’ट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहिबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

भारी कपडा धुने र फोहोर हटाउने काम नगर्नु नै उत्तम बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ का’ट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहिबार नगर्नु नै उत्तम हुन्छ । बिहिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहिबारको दिन ठूला(ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहिबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

बेनी । कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा...

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

  विश्वमा सबैभन्दा ठूलो बु’द्धको मू’र्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमू’र्तिको निर्माण सन् ७१३...

करिब १० महिना पछि गायिका टिका सानु कार्यक्रममा जादा भिड थाम्नै...

सुबिन अधिकारी र पछिल्लो समयमा लोकप्रिय बन्दै आयकि गायिका टिका सानु अब फेरी मेला महोत्सब तिर देखिन थालेकी छिन। लाखौ दर्शकको मनमा बस्न सफल...

कलौनीको ‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । https://youtu.be/1H4QvTTr53E कंचनपुरको वेदकोट...

कालिन्चोक भगवती मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि हेर्नुहोस्...

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ३ गते शनिबार इश्वी सन २०२१ जनवरी १६ तारीख पौष शुक्लपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी शतभिषा...

सुपा देउराली मन्दिरको दर्शन गरि हेर्नुहोस् आजको राशिफलमा आफ्नो भाग्य ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ं९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ ३ गते शनिबार ई. सं. २०२१...

एक हप्ता भित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ...

परापुरब का’ल देखी अहिले सम्म शिव’लि’ङ्ग’ला’ई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया