Tuesday, January 19, 2021

मन्त्रीमण्डल पुनर्गठन, यि हुन् प्रधानमन्त्रीको खल्तिमा भएका नाम

- Advertisement -

काठमाडौ रमन्त्रीमण्डल पुनर्गठनका विषयमा लामै छलफल गरेपनि नेपाल कम्युनिष्ट पाटी ‘नेकपा’ का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच अझै कुरा मिल्न सकेको छैन ।

खासगरि मन्त्रिपरिषदमा कसलाई हटाउने र कसलाई थप्ने भन्नेमै दुइ अध्यक्षबिच कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको क्रममा केही नंया अनुहारलाइ स्थान दिने तयारी गरेका छन् ।

ओलीले गणेश ठगुन्ना, प्रेम आले, लिला श्रेष्ठ सहितका केही नंया अनुहार अबको क्याविनेटमा ल्याउन चाहेका छन् । खासगरि पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डेको नाम तयारी अस्थामा थियो । तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्रालयमा नजाने स्पष्ट संकेत दिइसकेका छन् । उनले अर्थ बाहेक अन्य मन्त्रालयको ‘अफर ‘ नस्विकार्ने बताइसकेका छन् ।

स्रोतका अनुसार विष्णु पौडेल अर्थ मन्त्री बन्ने पक्का जस्तै छ । पौडेलको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको छ । पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक विवाद मिलाउन खटिएका जनार्दन शर्मा पनि यसपटक क्याविनेट छिर्न चाहन्छन् । तर प्रधानमन्त्री ओलीले उनलाई सञ्चार मन्त्रालय दिन आनाकानी गरेका छन् । ओली सञ्चार मन्त्रालय पुर्वएमाले तर्फकै नेतालाई दिन चाहन्छन् ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

उनिहरुका अलवा लिला श्रेष्ठ र पम्फा भुषाललाई पनि ओलीले मन्त्रीको लागी ‘नोटीस’ गरिसकेका छन् । प्रचण्डकै अगाडी ओलीले ‘टोपबहादुर रायमाझी, प्रभु साहलाई पनि मन्त्री बनाउनुपर्छ भन्दै लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्ने बताए । प्रचण्डसँग भएका भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गरेपछि प्रचण्डले ‘ल जेसुकै गर्नुस’ भन्दै निस्केका थिए ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा नरहेको बताइन्छ ।

दाहाल भने देखिने गरि मन्त्रीपण्डल हेरफेर गर्न चाहन्छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि प्रचण्डले जस्तोसुकै सहमति गरेपनि ओलीको ब्यवहारमा परिवर्तन नआएको भन्दै दिक्क मानेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा...

काठमाडौँ : विभाजित नेकपामा पार्टीको आधिकारिकता तथा चुनाव चिह्नबारे विवाद भइरहँदा माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई नेकपा र चुनाव चिह्नमा आँखा नलगाउन चेतावनी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया