Monday, October 26, 2020

कमलबजार स्वास्थ्य केन्द्रमा पीसीआर प्रयोगशाला सञ्चालन

- Advertisement -

डोटी । अछामको कमलबजार नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।

नगरपालिकाले करिब एक करोड खर्चेर स्थापना गरेको प्रयोगशालाको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले प्रयोगशालको उद्घाटन गरेका हुन् । प्रयोगशाला सञ्चालनमा आएसँगै अछाम लगायत यस आसपासका जिल्लाका बासिन्दाले प्रत्यक्ष फाइदा लिने उनको भनाइ थियो ।

प्रयोगशाला उद्घाटन गरिएसँगै बुधबार १७ जनाको नमुना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

गत असोज १४ गते स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर तथा सञ्चालनको तयारी र अन्य प्राविधिक तयारीको बारेमा जानकारी लिएका थिए।

यो सँगै सुदूरपश्चिममा पीसीआर परीक्षण प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ्गमा प्रयोशाला स्थापना भइसकेका छन् ।

सुदूरपश्चिममा थपिए ११९ संक्रमित

बुधबार सुदूरपश्चिम प्रदेशमा एक सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६९, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४८ र जिल्ला अस्पतालको प्रयोगशालामा दुई जना गरी ११९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये थपिएका नयाँ कोरोना संक्रमितमा कैलालीका ५४, दार्चुलाका ४६, कञ्चनपुरका १५, बझाङका २ र डोटीका २ जना छन् । अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया