Monday, October 26, 2020

आज एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुर २९३ र भक्तपुरका ९५ जना छन् ।

यस्तै मोरङका ३२२ जना, सुनसरीका १९३, चितवनका १३१, रुपन्देहीका १३०, बाँकेका १०६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४र३४ जना, सप्तरी र कपिलवस्तुका ३३र३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२र२२ र लमजुङ र पाल्पाका १९र१९ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा र नवलपरासीका १८र१८ जना, सर्लाही र नवलपुरका १७र१७ जना, पर्सा र सिराहाका १५र१५ जना, बारा, गोरखा र तनहुँका १३र१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९र९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५र५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४र४ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३र३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २र२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया