सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ललित ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । गत भदौ २८ गते धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ललित सवार मोटर साईकललाई ठक्कर दिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

त्यसपछि धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरे प्रश्चात नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हु्ँदै थप उपचारका लागि उनी काठमाडौंको ग्रान्डी अस्पतालमा रहेका थिए । भण्डारीको दाँहिने खुट्टा र हातको शल्यक्रिया गरिएको थियो ।

अब उनले करिब ६ महिना थेरापी गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् । त्यसपछि उनी क्रिकेटमा फर्कने अपेक्षा गरिएको छ । यसै गरी ललितको उपचारका लागि सिप्यानले सहयोगार्थ उठेको सहयोग रकम हस्तान्तरण गरेको छ ।

जम्मा भएको १० लाख ८ हजार मध्ये ६ लाख २८ हजार ललितको श्रीमतीलाई हस्तान्तरण गरेको छ । त्यस्तै बाँकी ३ लाख ८० हजार उनलाई काठमाडौं ल्याउदा प्रयोग भएको सिम्रिक एयरलाई दिएको सिप्यानले बताएको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए । विभागीय टिम पुलिसमा आवद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।setikalinews

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.