Tuesday, January 19, 2021

फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्……..

- Advertisement -

काठमाडौ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ।

हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंःमोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् ।

फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

 

 

जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

 

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

 

 

रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

 

क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

 

 

आफ्नो बसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

 

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

 

 

छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

 

परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

 

 

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

 

 

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ । जनबोली न्यूज नेटवर्क बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो...

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ । सूदूरपश्चिम कै...

देश आज अभिभावकबिहीन बनेर रोइरहेको छः प्रचण्ड

काठमाडौँ । यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाले आफूसँग नजिक रहेका भ्रातृ संगठन र कार्यकर्तासँग भेटवार्ता र समूहगत कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । यही क्रममा...

काँग्रेस नेता बडुलाई मातृ शोक

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ । उनकी आमा कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको...

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ आज पनि हुनेछ । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया