Thursday, October 22, 2020

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

- Advertisement -

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति अमेरिका कठोर बनेको थियो । हमलाका योजनाकार मानिएका ओशामा बिन लादेन नेतृत्वको ईस्लामिक अतिवादी संगठन अल कायदासँग तालिवानको साँठगाँठ रहेको भन्दै अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले बदला लिएरै छाड्ने घोषणा गरेका थिए ।

सञ्चामाध्यमबाट बुसको चेतावनी सार्वजनिक भएको छोटो समयमै आक्रमण सुरु भयो – बुसले निरन्तर र कठोर आक्रमण गरिने चेतावनी दिएका थिए । आक्रमणको सुरुवातमै क्रुज मिसाइल्स र बम हानियो, कान्दाहर र काबुलका विमानस्थल तथा जेलालावाद नजिकै तालिम लिइरहेका लडाकुहरु निशाना परे ।

अमेरिकाले अबेरियन समुद्रमा तैनाथ लडाकु पानीजहाजहरुमार्फत झन्डै ५० क्रुज मिसाइल्सहरु प्रहार गरेकोे थियो । त्यस्तै, फाइटर जेटहरुले पनि बम खसालेका थिए । तालिवानले यस घटनाको निन्दा ग¥यो । अमेरिकाको एउटा हवाईजहाज आफ्ना सैनिकहरुले झारेको उसको दाबीलाई अमेरिकाले अस्वीकार ग¥यो ।

यस आक्रमणमा बेलायतको पनि साथ थियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आतङ्कवाद अन्त्यका लागि भएको युद्धमा आफ्नो साथ रहेको बताए । उनले सैन्य, कुटनीतिक र मानवीय गरी तीन मोर्चाबाट लडाइँ लडिने प्रतिक्रिया दिए ।

आक्रमण सुरु भएको २ महिना १० दिनपछि तालिवान सत्ताच्युत भयो, अमेरिका नेतृत्वको नाटो फौजको नियन्त्रणमा अफगानिस्तान आयो । सत्ताच्युत भएपछि तालिवानले हिंसात्मक विद्रोह थाल्यो । एकातर्फ, अमेरिकासहितका अन्तर्राष्ट्रिय शक्तिको रोहवरमा हमिद कारजाई नेतृत्वको अन्तरिम सरकार गठन गरियो । अर्कोतर्फ, तालिवानको संघर्ष उग्र बन्दै गयो । सन् २००४ मा अफगानिस्तानमा निर्वाचन भयो, कारजाई नै राष्ट्रपतिमा विजयी भए ।

उनले २००९ मा फेरि चुनाव जिते । २०१४ यता असरर्फ घानी अफगानिस्तानको राष्ट्रपति छन् । यस अवधिमा अमेरिकाले अफगानिस्तान शान्ति बहाल गर्न सरकारलाई अर्बौं अमेरिकी डलर सहयोग गरिसकेको छ । दशौँ लाख अफगानी जनता र हजारौँ अमेरिकी तथा नेटो सैनिकहरुको मृत्यु भइसकेको छ ।

तर, अफगानिस्तान अझै अशान्त छ । सन् २०११ मा अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता बोलाउन थाल्यो, तर अफगानिस्तानमा शान्ति बहाल गर्नेतर्फ ध्यान दिएन । त्यसैले तालिवान बलियो बन्दै गयो । अफगानिस्तानमा तालिवानी विद्रोहीको पकड बलियो बनेपछि बाध्य भएर अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले तालिवानलाई अफगान सरकारसँगको शान्ति वार्तामा ल्याउन भूमिका खेलिरहेका छन् ।

अन्य घटनाक्रम

सन् १८४०– विलियम दोस्रो नेदरल्यान्डको राजा बने ।

सन् १९४२– अमेरिका र बेलायतद्वारा संयुक्त राष्ट्रसंघ स्थापना गर्ने घोषणा ।

सन् १९५०– मदर टेरेसाद्वारा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना

सन् २००८ – प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बास चार दिने राजकिय भ्रमणका लागि भारतमा ।

सन् २०११– लाइबेरियाका राष्ट्रपति एलेन जोनसन सरलिफ, महिला अधिकारकर्मी लिमेह जिबोई र यमनका तवाकुल करमानलाई नोबेल शान्ति पुरस्कार दिइने घोषणा ।

रातोपाटी

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

समाजसेवी केपी खनाललाई ‘युथ आइकन २०२०’ सम्मान

कैलालीका समाजसेवी युवा केपी खनाल भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट सम्मानित भएका छन् । कलिलो उमेरमै गाउँघरमा समाजसेवामा सक्रिय खनाललाई राइजिङ्ग टुंकल फाउन्डेसनले गान्धी जयन्तीको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया