दोधारा ( नेपाली काँग्रेसका नेता पूर्व मन्त्री रमेश लेखकले सरकारले विकासको कुनै पनि काम नगरेको आरोप लगाएका छन् । माहाकाली नगरपालिकामा कार्यकर्ता भेटमा सरकार दुई तिहाईको भए पनि काम भने केही नभएको बताएका हुन् ।
नेता लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहको कामलाई समेत सरकराले वेवास्ता गरेको जनाए । ‘नगरपालिकाको मात्रै नभई देशकै कायापलट हुने सुख्खा बन्दरगाह निर्माण कार्य पनि अघि बढाउन सकेको छैन’ उनले भने ।नेता कार्यकर्तासित उनले काँग्रेस मात्रै विकासवादी पार्टी भएकाले बताए । ‘यस अभियानमा काग्रेंसलाई साथ दिन सबैमा अनुरोध गर्छु’ उनले भने ।सोमबारदेखि दोधारा चाँदनीमा रहेका लेखकले मंगलबार विभिन्न पार्टीका एक सय ६० कार्यकर्ता पार्टीमा भित्र्याएका छन् । उनीहरुलाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।
नेपाली काग्रेंसको नगर पार्टी कार्यालय चा“दनीमा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो । नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेन्द्र मल्लका अनुसार पार्टी प्रवेश गर्नेमा किशोर बम, दिल्ली सुनार, किशोर, मौनी, अंक्कल सिह, कमला उपाध्याय लगायतका छन् ।काँग्रेस प्रवेश गरेकी माहाकाली नगरपालिका ७ की उपाध्यय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ख का इन्चार्ज इन्द्र रावतकी भतिजी हुन् ।कार्यक्रममा नेता लेखक सहित माहाकाली नगरपालिकाका मेयर बहादुर सुनार, काग्रेंसका प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर राना, काँग्रेंस क्षेत्रिय सभापति गोपाल दत्त भट्ट, काँग्रेंसको माहाकाली नगर सभापति डम्मर चन्द लगायतका सहभागी भएका छन् । setikalinews