सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

काठमाडौ – प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।

Sana Kishan

प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो । प्रस्तावको विपक्षमा ४ मत परेको थियो ।

कूल ८७ प्रदेश सभा सदस्यहरु मध्ये आज ८३ सदस्य उपस्थित थिए । प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउने प्रस्तावहरु माथि आज भएको मतदानसँगै नाम र राजधानीको निधो भएको हो । यसअघि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने निर्णय प्रदेश सभाले गरेको थियो । उपहार खबरबाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close