Wednesday, October 28, 2020

ग्याष्टिक रोग के हो ? किन र कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ?

- Advertisement -

ग्याष्टिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर मेडिकल भाषामा ग्याष्टिक भनेर ग्यास्ट्राइटिसलाई भनिन्छ ।

ग्यास्ट्राइटिस भनेको आमासय भित्र एउटा कडा प्रकारको अम्ल उत्पादन हुने समस्या हो । पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीड (एच सी एल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।

ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ ।

यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ ।

रगत, दिसा, पिसाब जाँचेर ग्याष्टिक भए नभएको पत्ता लाग्दैन । तर पेट भित्र ठूलो रोग छ कि भनेर इन्डोस्कोपी भने गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाँउ भएको छ या छैन हेर्न सकिन्छ । ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ ।

खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ ।

ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुन्छ । यसले मानसिक तनावमा भने अवश्य राख्छ । यदि आमासयमा अल्सर भएर ग्याष्टिक भएको हो भने क्यान्सरको रुप पनि लिन सक्छ । कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा...

हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

हरियो खुर्सानी पिरो हुने हुनाले कुनैलाई मन पर्छ कुनैलाई मन पर्दैन । कुनैले त हरियो खुर्सानी काचै खान मनपराउछन् । खादा पिरो भए पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया