Wednesday, October 21, 2020

‘तोडेको कुर्सी आफैंले किनेर नल्याएसम्म संसदमा बस्ने व्यबस्था नहोस’

- Advertisement -

काठमाडौं, असोज १९रप्रदेश ५ को प्रदेश सभामा आज भएको कुर्सी तोडफोडको विषयमा सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले जनताले तिरेको करबाट बनेको संरचना भत्काउने अपराधि भएको भन्दै उनीहरुलाई सजाय हुनुपर्ने माग गरेका छन।

पूर्व अर्थसचिव रामेश्वर खनालले यसरी सार्वजनिक सम्पत्ती तोडफोड गर्ने, करदाताको पैसाबाट निर्मित संरचना भत्काउने अपराधि सांसद हुन योग्य नरहेको बताएका छन।

उनी लेख्छन, ‘सार्वजनिक सम्पत्ती तोडफोड गर्ने, करदाताको पैसाबाट निर्मित संरचना भत्काउने अपराधी हुन। यस्ता अपराधी सांसद हुन योग्य छैनन।’

ट्विटर मै नेस्ट एन्जिल नामका प्रयोगकर्ता लेख्छन, ‘कुर्सी भाँच्नेलाई अरु कारबाही जे भए पनि आफुले तोड्फोड गरेको कुर्सी आफैंले किनेर नल्याएसम्म संसदमा बस्ने कुर्सी व्यबस्था नहोस र त्यो लाइभ देख्न पाइयोस।’

असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। त्यसको विरोधमा सोमबार प्रदेश सभाको बैठकमा आक्रोसित कांग्रेस सांसद वसिउद्दिन खान, अष्टापुजा पाठक, बैजनाथ कलवार र जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सीटेबल तोडफोड गरेका थिए।

सुरुमा खानले कुर्सी तोडफोड गरेका हुन्। त्यसपछि अन्य सांसदले पनि तोडफोड सुरु गरे। यस्तै, कांग्रेस सचेतक निर्मला क्षेत्री, पुष्पा थरुनी, रमा अर्यालले माइक तोडफोड गरे। विरोधका बावजुद मन्त्री केसीले प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरे।

यस क्रियाकलापको अहिले चौतर्फी विरोध भइरहेको छ। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कवि शिरोमणि लेखनाथ पौड्यालको कविताको एक पंक्ति लेख्दै गुरुहरुले जे सिकाए कुर्सी भाच्नेले त्यही गरेको उल्लेख गरेका छन।

उनी लेख्छन्, ‘नेपालको संघियता जनताको आँगनमा होइन, शीर्ष नेताको खल्तीमा। जे सिकाए गुरुहरूले यिनले त्यही गरे। तर यिनलाई डर छैन किनकी चुनाव टाढा छ र मान्छेको स्मरण छोटो छ।’

ट्विटरमै मनोज पुरीले कुर्सी तोडफोड गर्नेलाई अनुशासनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने हिम्मत राख्नुपर्ने बताएका छन।
उनी लेख्छन, ‘प्रदेश ५ को संसदमा नेपाली कांग्रेसका ३ सांसदले गरेको कुर्सी तोडफोडले संसदीय व्यवस्थाको अनुयायी कांग्रेसको आस्था माथि नै प्रहार भएको छ। नेपाली कांग्रेसले ती सांसदलाई अनुशासनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्ने हिम्मत राख्नुपर्दछ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताएका छन।

उनी लेख्छन, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन।’

सुशन घिमिरेले ट्विटरमा शासकीय संरचना फेरिएपनि राजनीतिक संस्कार फेरिन नसकेको टिप्पणी गरेका छन।

उनी लेख्छन, ‘संसदमा कुर्सी तोडफोड न हिजो ठिक थियो न आज। असन्तुष्टि पाखेर सम्पत्ती तोडफोड गरिनु अराजकता हो। समय फेरियो , शासकिय संरचना फेरियो तर राजनीतिक संस्कार फेरिन सकेन। जे भयो गलत भयो।’

ँबअभदययपत्धष्ततभचँबअभदययप ःभककभलनभचध्जबतकब्उउीष्लपभमक्ष्लप्यलनकष्
प्रतिक्रिया दिनुहस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री...

यी हुन् दसैँ भत्ता फिर्ता गर्ने सांसद

  काठमाडौं, कार्तिक २ ‘सरकारले दसैँको भत्तासहितको रकम पठाइदिएको थियो। त्यसैअनुसार हामीले सबै सांसदको खातामा हालिदिएका हौँ। संसदको व्यवस्थापन समितिले निर्णय गरेको भए राम्रो हुन्थ्यो।...

जनताका समस्या बुझ्न दुर्गम बस्ती पुग्दा पूर्वराज्यमन्त्री रावललाई बाजा बजाएर स्वागत 

पुर्वराज्यमन्त्री रावल भन्छन् – ‘ खल्ला,मुसेट्टी र टुडिखेल अब दुर्गम क्षेत्र रहदैन’ महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश रावलले मंगलबार भीमदत्तको...

वामदेवको मन्त्री बन्ने सपना चकनाचुर

काठमाडौरसर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यता सम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने । सम्भावनामा अन्योल देखिएको छ।मन्त्री हुने चर्चामा रहेका...

कोभिड संक्रमित शान्ता चौधरीलाई आइसियुमा सारियो

काठमाडौं- लक्षणसहितको कोरोना भाइरस (कोभिड(१९) संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना...

ओली र प्रचण्डले छानेका तीन नेताले मन्त्रालय रोज्दा पुनर्गठनमा ढिलाइ

मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्ने वा रिक्त रहेका तीन मन्त्रालयमा मात्र तत्काल मन्त्री नियुक्त गर्ने भन्ने विषय पटक पटकको कुराकानीपछि टुंग्याएका नेकपाका दुई अध्यक्षलाई फेरि...

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता निश्कर्षविहीन

काठमाण्डौ- सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ । गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो । अस्ति भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया