Wednesday, October 28, 2020

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो

- Advertisement -

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ । बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर रु ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर रु १० करोड ७० लाख ३० हजार, कुमारी बैंक रु नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड रु नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी रु नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी रु आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०÷१० प्रतिशतले कमाए । नेपाल फाइनान्स कम्पनी ९.२४, रिडी हाइड्रोपावर ७.६९, हिमाल दोलखा हाइड्रोपावर ७.६३, लुम्बिनी विकास बैंक ६.७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३६ प्रतिशतले कमााए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ७.१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३.८० र शिवम सिमेन्टका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

आजबाट तातोपानी नाका खुल्ने

१२ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि छ : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन् । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया