Wednesday, October 28, 2020

दार्चुलामा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको मुख्यमन्त्रीद्वारा उद्घाटन

- Advertisement -

दार्चुलाको ब्यास गाउँपालिकाको घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत ब्याँस क्षेत्र पुग्नु भएका मुख्यमन्त्रि भट्टले नेपाली सेनाले निर्माण गरेको ५ सय मिटर घोरेटो बाटोको उद्घाटन गरेको नेपाली सेनाको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले उपहार खबर लाई जानकारी दिए ।

ब्याँस गाउँपालिकाको वडा नम्बर १ सम्म जान नेपाली भुमिमा बाटो नभएपछि नेपाली सेनाको टोलीले घोरेटो बाटो निर्माण गरेको हो । नेपाली भुमीमा बाटो नहुँदा यसअघि गाउँपालिकाको वडा नम्बर १ को तिंंकर र छागँरुका स्थानिय भारतको बाटो हुँदै सो क्षेत्र जाने गर्दथे ।
गाउँपालिकाको घाटीबगर क्षेत्रको ५ सय मिटर घोरेटो बाटोको नेपाली सेनाले निर्माण गरेको हो । उक्तबाटोको उद्घाटन संगै गाउँपालिकालाइ हस्तान्त्रण समेत गरिएको छ ।

कडा चट्टानी भु–भागलाइ फोडेर नेपाली सेनाले बाटो निर्माण गरेसँगै आवतजावतमा सहज हुने भएको छ ।गणेशसिँह धामीले उपहार खबरमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

डोटीका व्यापारी चन्द्रराज जोशीलाई उपचारका लागि जहाज चार्टर्ड गरेर धनगढी लगियो

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया