Wednesday, October 28, 2020

मझगाउँ विमानस्थलमा फागुनदेखि निर्माण थालिने

- Advertisement -

कञ्चनपुर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन गर्न फागुनदेखि निर्माणकार्य अगाडि बढाइने भएको छ । आइतबार कञ्चनपुर आएको नेपाल नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोलीले बन्द रहेको विमानस्थलको स्थलगत निरीक्षण गरिसकेपछि फागुनदेखि विमानस्थलको निर्माणकार्य अघि बढाउने सम्भावना रहेको जनाएको हो ।

नेपाल नागरिक उड्डययन प्राधिकरण प्राविधिक टोलीका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जग्गाको समस्या भए पनि पहिलो फेजको निर्माणकार्य गर्न आयोजनाको स्टिमेट भैइरहेको बताए । उनले भने( ‘स्टिमेट भएपछि आयोजनाको चेकजाँचको क्रममा निरीक्षण गर्नुपर्ने हुन्छ सोही अनुरुप निरीक्षण गर्न टोली महेन्द्रनगर आएको हो ।’

धावनमार्गका लागि लम्बाइ चौडाइको अवस्था राम्रो छ ।चौडाइ ठीक भए पनि लम्बाइका लागि भने केही जग्गा लिजमा लिनुपर्ने सम्भावना रहेको उनले बताए । गत वर्ष घेरबार गरिएको विमानस्थलको लम्बाइ र चौडाइ प्राविधिक टोलीले नापजाँच समेत गरेको छ ।नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोलीले जग्गा अधिग्रहण तथा विमानस्थलको क्षेत्रफलको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालसँग छलफलसमेत गरेका थिए ।

यस्तै स्टिमेटअनुसार काम अगाडि बढे फागुनदेखि निर्माणकार्य सुरु हुने सम्भावना रहेको प्राविधिक टोलीको भनाइ छ ।  सुदूर आवाजमा विकास सिंह महताले यो खबर लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया