सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुल्यो तातोपानी नाका, कन्टेनर नेपाल भित्रिन थाले

सिन्धुपाल्चोक – बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार नाका पुनः खुलेको हो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको ¥यार्डमा ल्याइदिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन् । तर निर्यात भने भएको छैन् । कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए ।

उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारिएको छ । चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.