Monday, October 26, 2020

दशैलाई लक्षित गरि बजाजले सार्वजनिक गर्यो मोटरसाइकलको मुल्य (मुल्यसहित)

- Advertisement -

काठमाडौं। नेपाली सडकमा सर्बाधिक गुड्ने मोटरसाइकल हो बजाज मोटरसाइकल । युवाहरुले रुचाएको यो ब्राण्डका पुल्सर सबै भन्दा लोकप्रिय छ।

नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले दशैँकै मुखमा आफ्ना मोटरसाइकलहरुको मूल्य परिमार्जन गरेको छ । करिब एक महिनाअघि मूल्य बढाएको बजाजले पल्सर १५० मा ३ हजार रुपैयाँले मूल्य बढाएको छ।

त्यस्तै पल्सर १५० टिडीको पनि १ हजार मूल्य बृद्दी गरेको छ । पल्सर एनएस १६० र पल्सर एनएस एबीएस को मूल्यपनि कम्पनीले १ हजार रुपैयाँले बढाएको छ । त्यसैगरी पल्सर एनएस एफआई र एबीएस सहितको मोडलमा २ हजार रुपैयाँले मूल्य बढेको छ।

बजाजले बृद्दी गरेको मोडल मध्य डोमिनारको मुल्य सबै भन्दा धेरै बृद्दी भएको छ । बजाज डोमिनारको मूल्य कम्पनीले १५ हजारले बढाएको छ।

यस्तो छ नयाँ मूल्य

प्लाटिना १ लाख ७२ हजार, डिस्कभर १२५ ड्रमको १ लाख ९२ हजार, डिस्कभर डिस्कको १ लाख ९९ हजार, डिस्कभर एसटीको २ लाख १० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै पल्सर १२५ को २ लाख २६ हजार ९००, पल्सर १५० को २ लाख ६० हजार ९००, पल्सर १५० टिडीको मूल्य २ लाख ७१ हजार ९००, पल्सर एनएस १६० को २ लाख ९० हजार ९०० रुपैया तोकिएको छ।

त्यसैगरी पल्सर २२० एफको ३ लाख ३६ हजार ९००, पल्सर एनएस एबीएसको ३ लाख ३९ हजार ९००, पल्सर एनएस एफआई र एबीएसको ३ लाख ६० हजार ९००, एभेन्जर स्ट्रीटको ३ लाख १९ हजार ९००, एभेन्जर क्रुजरको २२० को मूल्य ३ लाख ४५ हजार ९०० र डोमिनार ४०० को ५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । कालापानी पोस्ट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया