Monday, October 26, 2020

आईपीएल : चेन्नई सुपर किंग्सको सानदार जीत

- Advertisement -

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई हराउँदै चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हात पारेको छ ।

किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो ।

चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।

यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।

बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर...

आईपीएलमा हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको...

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन्...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

शीर्ष स्थानमा पुग्यो दिल्ली

काठमाडौं, १० असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) का लगातार दुई खेलमा जित हासिल गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ...

आइपीएल : चोटका कारण यी १० खेलाडी समस्यामा, कुन टिमका कति?...

काठमाडौं, : आइपीएल २०२० को सुरुवात भइसकेको छ । बुधबारसम्म भएका म्याचबाट राम्रो आनन्द मिलेको छ । चार म्याच सकिँदा ‘सुपर ओभर’का साथै चौका-छक्काको वर्षा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया