Wednesday, October 21, 2020

कोरोना कहरकै बिच बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउ

- Advertisement -

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीमा रहेको बतासे झर्ना आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको छ । कोरोनाको संक्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै कमी आउन सकेको छैन ।

दैनिक झर्ना अवलोकन र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ । दैनिक झर्ना अवलोकनका लागि २ सयदेखि ६ सय बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन ।

शनिबारलगायत बिदाका दिन झर्ना क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिएको हुन्छ । झर्ना अवलोकन गर्न आउनेका कारण निकै भीड हुन थालेपछि वडा कार्यालयले झर्ना जानमा केही दिनका लागि रोक लगाए पनि चोरी छिपी झर्ना पुग्नेको सङ्ख्यामा कमी आउन नसकेको वडा अध्यक्ष बहादुर महराले बताए ।

उनले भने, ‘अझै पनि झर्ना जानमा अनुमति दिएका छैनौँ, तैपनि जोखिम मोल्दै झर्ना पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या घटन सकेको छैन ।’ उनका अनुसार झर्ना पुग्नेमा युवा नै बढी छन् ।

कोरोना भाइरसको संक्रमणबारे झर्ना अवलोकनका लागि आउने पर्यटकलाई सचेत पार्ने कार्यसमेत भइरहेको उनको भनाइ छ । पहाडको माथिबाट झर्दै गरेको निश्चल पानीको अद्भूत दृश्य नियाल्नकै लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झर्नाको चिसो पानीमा नुहाउँदै तराईको गर्मीलाई बिर्सनका लागि यहाँ पुग्ने गरेका छन् । चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँड्दै गरेका बेला नजिकैबाट जङ्गली जनावर उफ्रिँदै हिँडेको दृश्य देख्न सकिन्छ ।

वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि सडकको ट्रयाक खोलेको छ । चालू आवमा सडक कालोपत्रेको कार्यलाई अगाडि बढाइएको छ । पूर्व पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकल लगायत सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ । दैनिक सञ्चार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...

वेपत्ता प्रहरी जवान साउँद मृत भेटिए

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय ७ नम्बर बाहिनीको गोताखोरको टोलीले प्रहरी जवान रामबहादुर साउँदको शव मोहना नदीबाट निकालेको छ । झण्डै ६० घण्टापछि फेला...

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया