महेन्द्रनगर १८ असोज ।
दार्चुलाको लेकम गाउँपालिका-४ का २४ वर्षीय ब्लड क्यान्सर पिडीत दिपेन्द्र पालको उपचारार्थ सहयोग रमक संकलनका लागि कमिटि गठन गरिएको छ ।
आईतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययरत विद्यार्थी सम्मिलित देपेन्द्र पाल बचाँउ अभियानका लागि कमिटि गठन नेवि संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका नेता नागेश प्रशाद पन्तले बताए ।
उनका अनुसार विद्यार्थी बिरु बोहराको अध्यक्षतामा कमिटि गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा गोकुल मिश्र, पवित्रा भण्डारी, सचिवमा नागेश प्रशाद पन्त, सह सचिवमा दिनेश प्रशाद भट्ट, कोषाध्यक्षमा चन्द्र बडु चयन भएका छन् ।
त्यस्तै सदस्यमा शंकर जोशी, अंङकित चन्द, गङ्गा बोहारा, सागर शाही र रितु चन्द समितिमा चयन भएको छन् ।
समितिले विभिन्न माध्यमबाट क्यान्सर पिडित पालको सहयोगका लागि रकम संकलन गर्नेछ ।
प्रतिक्रिया