महेन्द्रनगर १८ असोज ।
कञ्चनपुरका निजी विद्यालय(बोडिङ्ग स्कुल)मा कार्यरत शिक्षकले तलबको माग राख्दै बिरोध प्रर्दशन गरेका छन् । आइतबार महेनद्रनगरमा बिरोध प्रर्दशन गरिएको निजी विद्यालयको शिक्षक संगठन संस्थागत विद्यालय शिक्षक यूनियनका सचिव शंकर जोशीले बताए ।
उनका अनुसार भाँसीदेखि विभिन्न सरकारी कार्यालय बजार हुँदै मदनचोकमा कोण सभा गरेर समापन गरिएको छ । सचिव जोशीले निजी विद्यालयले श्रम शोषण गरेर कोरोना महामारीका बेला तलब नदिएकाले बाध्य भएर बिरोध प्रर्दशन गरिएको बताए ।
साथै संस्थागत शिक्षकहरुले आफुहरुका माग सम्बोधन नगरि आन्दोलनमा जाने चेतवानी समेत दिएका छन् । युनियनले संस्थागत विद्यालयका शिक्षकले पाउनुपर्ने पारिश्रमी पाउनु पर्ने मागसहित पछिल्लो समय विभिन्न कार्यक्रम गर्दँ आएको छ ।
प्रतिक्रिया