Wednesday, October 21, 2020

भीमदत्तको ब्रह्मदेबमा दुई करोडको सडक कालोपत्रे सुरु

- Advertisement -

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा नाली सहित कालोपत्रे सडक निर्माण सुरु भएको छ । भीमदत्त नगरपालिकाले सिद्धनाथ सामुदायिक वन नजिक नगर चक्रपथदेखि ब्रह्मदेब बजारको भारतीय सीमासम्म सडक कालोपत्रे गर्न लागेको हो ।

सडकको कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले सडक कालोपत्रेको शिलान्यास गरेका छन् ।

भीमदत्त नगरपालिकाले ब्रह्मदेबस्थित सामुदायिक वन नजिक सडकलाई जैविक धार्मिक पर्यटकीय मार्गसित जोडेर नगर चक्रपथ बनाउन लागेको छ । नगर चक्रपथको ब्रह्मदेब तिल्केनी खण्डमा यस अघि नै कालोपत्रे सुरु भई सकेको छ ।

सामुदायिक वन नजिकको सडकलाई ब्रह्मदेब बजारको पश्चिमपट्टि हुँदै भारतीय सीमासम्म ६ सय ७० मिटर सडक कालोपत्रे गर्न लागिएको हो । नाली सहित सडकको पाँच दशमलव पाँच मिटर चौडाईमा कालोपत्रे गरिनेछ ।

एक करोड ९५ लाखमा ठेक्का दिइएको सडक निर्माण कार्य एक वर्षपछि पूरा हुनेछ । कैलाश राखी निर्माण सेवाको जोइन्ट भेन्चरले सडक निर्माणको ठेक्का लिएको छ ।

सडक कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्दै मेयर विष्टले भीमदत्तलाई समद्ध नगर बनाउने लक्ष्य अनुसार पूर्वाधार सहितका विकास निर्माणलाई प्राथमिकता दिइएको बताए ।

शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्द सहित वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. ७ का अध्यक्ष शंकर बहादुर कुँबर, वडा नं. ९ का अध्यक्ष राम नाथ लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...

वेपत्ता प्रहरी जवान साउँद मृत भेटिए

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय ७ नम्बर बाहिनीको गोताखोरको टोलीले प्रहरी जवान रामबहादुर साउँदको शव मोहना नदीबाट निकालेको छ । झण्डै ६० घण्टापछि फेला...

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया