बैतडी, असोज । विगत २६ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बैतडी आईपुग्नु भएको छ ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराई समिट एयरबाट डोटी र बझाङ हुँदै २: बजे बैतडी पाटन विमानस्थलमा अवतरण हुनु भएको हो ।
मन्त्री भट्टराईसँगै सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट, संघीय सांसद दामोदर भण्डारी, प्रेम आले लयागत नेताहरु बैतडीको पाटन विमानस्थलमा ओर्लिनु भएको छ ।
पर्यटन मन्त्री भट्टराईलाई पाटन विमानस्थलमा बाजागासहित स्वागत गरिएको छ । पर्यटन मन्त्री भट्टराईको स्वागतका लागि प्रदेशसभा सदस्य लीलाधर भट्ट, नेकपा बैतडीका ईन्र्चा नरेन्द्र कुँवर बिजयसुन्दर, लगायतका सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।
पर्यटन मन्त्री भट्टराई पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले स्वागत मन्तव्य राख्नु भएको छ । साथै, बरिष्ठ कलाकार मनोहर परियारको टिमले स्वागत गीतसहित छलिया नाचले स्वागत गरेको छ ।
पाटन बिमानस्थल बैतडीसँगै डडेल्धुरा, दार्चुला र बझाङको अधिकांश क्षेत्रका लागि पायक पर्ने ठाउँमा रहेको छ ।
२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो । मन्त्रीले परीक्षण उडान गर्दा अब नियमित उडान हुने पाटन नगरपालिकामा मेयर केशबहादुर चन्दले विस्वास व्यक्त गर्नुभएको छ । सौगात खबर