सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओली र पत्‍नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं-  तीनजना सल्लाहकार र एकजना स्वकीय सचिवसहित चारजनालाई कोरोना पुष्टि भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सुरक्षित रहेका छन्।

प्रधानन्त्रीको सचिवालयका सबै सदस्यहरुको शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

Sana Kishan

​प्रधानमन्त्रीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण तर प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री र पत्‍नी राधिकाको बुधबार स्वाब लिइएको थियो। उनीहरुको बिहीबार नेगेटिभ रिपोर्ट आएको हो।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्रीका सल्लाहकारहरूलाई सुरक्षामा तैनाथ टोलीबाट कोरोना सरेको अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिन थालेपछि सरकारले उच्च पदस्थहरुको निश्‍चित अवधिमा नियमित कोरोना परीक्षण गरिरहेको छ। काठमाडौंमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु संक्रमित भएका छन्।

’प्रधानमन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीहरुबाटै कोरोना सरेको अनुमान गरिएको छ’, स्रोतले भन्यो, ’सुरक्षाकर्मीहरु समूहमा बस्‍ने हुँदा त्यहीँबाट संक्रमण फैलिएको हुन सक्छ।’

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.