सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपहाडमा नियमित उडान हुन्छ: पर्यटनमन्त्री भट्टराई

बैतडी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि नियमित उडान हुने बताएका छन्। विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नियमित उडानका लागि आवश्यक पर्ने टर्मिनल भवन, टावरलगायत अन्य भौतिक संरचनाको काम सम्पन्न गरी विमानस्थलहरुलाई नियमित रुपमा सञ्चालनमा ल्याइने उनले बताए।

साथै छिट्टै नियमित उडानको तालिकासमेत सार्वजनिक गरिने उनले जानकारी दिए। बैतडीसहित सुदूरपश्चिम पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य रहेकाले विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सके आर्थिक समृद्धि हुने बताए। उनले भने, ‘पर्यटन प्रर्वद्धनका लागि तीनै तहका सरकार लाग्नुपर्छ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भारतसँग सीमा जोडिएको प्रदेश रहेकोले यहाँ भारतीय पर्यटन भित्र्याउन निकै सहज रहेको मन्त्री भट्टराईको भनाइ थियो। बैतडीको पत्तालभुवनेश्वर गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

Dirghayu Ads

साथै मन्त्री भट्टराई अबको बाटो विकास र आर्थिक क्रान्तिको भएको बताउँदै उनले सबैको साथ आवश्यक रहेको जनाए। यस्तै बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सरकारले जनआकांक्षा अनुसार काम गरिरहेको बताए। उनले भने, ‘जनताको सुख दुखमा सधैं सरकार सँगसँगै छ, मुलुक अब समृद्ध बन्नेतिर अघि बढेको छ।’ यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको निरीक्षणसमेत गरेका छन्।

परीक्षण उडानका क्रममा आएका भट्टराईले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थल निरीक्षण गरेका हुन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.