Saturday, October 31, 2020

हृदयघातका प्रारम्भिक लक्षणहरु यस्ता हुन्छन् र बच्ने उपायहरु

- Advertisement -

हृदयघात हुनुभन्दा पहिला लक्षण देखापर्छन्। शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ।यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा मुटुरोग विशेषज्ञ डा।महेश भट्टराईले लेखेका छन्।मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ।त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन्।

यो पनि.कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने र पसिना आउनेजस्ता लक्षणसमेत देखापर्छन्। मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेकोवरिष्ट मुटुरोग विशेषक डा। प्रकाशराज रेग्मीले बताए ।

डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।१। छातीको बिचको भाग दुख्नु.२। दम बढ्नु.३। खुट्टाहरु सुन्निनु.४। घाटीँको रक्तनली फुल्नु.५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु.६। औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु.७। टाउको दुख्ने र चक्कर लाग्नु.८। मुटुको धड्कन रोकिने वा छिटो चल्नु.९। कफमा रगत देखा पर्नु.१०। जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु.११। हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु.१२। छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

मुटुरोगको घरेलु उपचार.विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष(महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ ।मुटुरोग प्राणघातक भए तापनि ८०५ हृदयघात ९जभबचत बततबअप० रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पु¥याउने गर्छ ।यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ ।

उपचारहरू.१। एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस् । यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ ।२। एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधैँ खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।

३। एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस् । एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ ।४। दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस् । यसले यो रोग हटाउन धेरै मदत गर्दछ ।५। एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस् । यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ ।६। एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस् । हरेक बिहान एक चम्चा यसको प्रयाग गर्नुहोस् । यसो गर्दा यसले मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ ।

७। अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ ।८। एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ ।

हृदयाघातको जोखिम बढ्ने यी खानेकुराले.१।कफि क्रिम, पपकर्न. कफी, त्यसमा पनि क्रिम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई(तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त क्रिममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले पपकर्न स्वादिलो बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

२।वोसोयुक्त आहार.तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।

३।ननभेज.ननभेज अर्थात् मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।

४।चिसो पेय पदार्थ. सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

५।पिज्जा तथा फ्राइड राइस.खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ ।थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गा¥हो हुन्छ र कलेजोले उक्त प्रक्रियालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।

६।नुन.मुटु रोगबाट बँच्न दैनिक ५ ग्राम ९एक चिया चम्चा ० भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन तर नुनको मात्रामा पूरै रोक लगाउनु हुँदैन । साथै नुनिलो खानेकुराको प्रयोग कम गर्नुपर्छ । नुनीलो अचार, टीनमा बन्द गरिएका खानेकुरा खानु हुँदैन ।७।धूम्रपान.धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।

सेकेण्ड(ह्यान्ड धूम्रपान ९अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने प्रमुख लक्षणहरू यस्ता छन् ्र

मुटु रोगका लक्षणहरु.१। छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने ९छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु० हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।२।

यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।३। गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

४। नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।५। यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।६। यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ ।७। यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटुको हेरचाह.१। घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।२। नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।३। बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।४। बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।५। शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ ।

तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ ।चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

६। उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।७। खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो ।

आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।८। मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।९। मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।gnewsnepal

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी ८ चिज भुलेरपनि अरूलाई कहिल्यै प्रयोग गर्न नदिनुस् नत्र जीवनमा...

  कतिपय मानिसहरूको अरूसँग सरसामान मागेर प्रयोग गर्ने बानी हुन्छ । आफ्नो सामान साथीलाई एकछिनका लागि दिन हामी पनि हिचकिचाउँदैनौं । तर, कुनैकुनै सामान यस्ता...

जिब्रोको यस्तो अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग, जानी राखौं र...

  तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको...

विहान उठ्दा स्वास गनाउँछ ? यस्ता छन समाधानका १० उपाय, जानकारीको...

विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’  भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति...

यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ

पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।( जौसम्याग्नेसियमले भरिएको...

खाना खाए लगत्तै गरिने यस्ता कार्यले शरीरमा नकारात्मक असर पार्छ, भुलेर...

खाना खाए लगत्तै बज्रासनमा बस्नु एकदमै उपयुक्त हुन्छ । बज्रासनमा बस्दा पाचन प्रक्रिया सहज र चुस्त हुन्छ । कम्तीमा पाँच मिनेट यस किसिमको आसनमा...

के तपाईलाइ मधुमेह छ ?मधुमेहका रोगीलाई प्याजका फाइदा !

विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ । प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा...

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया