Sunday, October 25, 2020

देशभर लगाइएको लकडाउन खुकुलो भएसँगै आराध्यादेव पशुपतिनाथ मन्दिर पनि खोल्ने तयारी !

- Advertisement -

को रो ना भा इ र स को म हा मा री लाई मध्यनजर राख्दै सरकारले देशभर लगाइएको लकडाउन खुकुलो गरिरहेको छ । यसैक्रममा आराध्यादेव पशुपतिनाथ मन्दिर पनि खोल्ने तयारी गरिने भएको छ । पशुपति क्षेत्रलाई खोल्नका लागि आइतबार पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठक बसेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न निर्देशन दिनुभएको हो ।

पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भन्नुभयो ‘त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्नुहोस् ।
मन्त्री भट्टराईले निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी गर्न निर्देशन दिनुभएको छ।

यो पनि पढ्नुहोस् ः बहुप्रतिक्षित लन्डन डर्बीमा टोटनहमले आइतबार आर्सनललाई २–१ ले हराएको छ । प्रतिष्ठाको लडाइँ मानिएको खेल जितेपछि त्यसले टोटनहनमका व्यवस्थापक जोसे मोउरिन्होलाई ठूलो राहत दिएको छ ।यो खेल जितेर टोटनहम आर्सनललाई उछिनेर ५२ अंकसहित आठौं स्थानमा रह्यो भने आर्सनल उसको ठीक पछाडि ५० अंकमा छ । खेलको निर्णायक गोल टोबी एल्डरवाइल्डले ८१औं मिनेटमा गरे ।

यसअघि आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता सन ह्युङ–मिनले बराबरी गोल गरे । आइतबार नै बर्नमाउथले लेस्टर सिटीलाई ४–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राख्यो ।जितका बाबजुद बर्नमाउथ पुछारबाट तेस्रो स्थानमा छ । यस्तै पुछारबाट दोस्रोमा रहेको एस्टन भिल्लाले पनि क्रिस्टल प्यालेसलाई २(० ले पराजित गरेको थियो ।

यो पनि पढ्नुहोस्ःक्रिष्टीयानो रोनाल्डोले दुई पेनाल्टी गोल गर्दा हारबाट जोगियो युभेन्ट्स!!क्रिष्टीयानो रोनाल्डोले दुई पेनाल्टी गोल गर्दा इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स हारबाट जोगिएको छ । आइतबार बिहान भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई २–२ गोल बराबरीमा रोक्दै अंक बाडेको हो ।युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा एट्लान्टाका डुभान जपाटाले १६ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा युभेन्ट्स १–० गोलले पछि रहेपनि दोस्रो हाफको ५ औं अर्थात खेलको ५० औं मिनेटमा एट्लान्टाका खेलाडीले युभेन्टुसका खेलाडीमाथि फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो ।उक्त पेनाल्टी प्रहारलाई रोनाल्डोले गोलमा परिणत गरेपछि खेल १–१ बराबरी भएको थियो ।१–१ गोल बराबरी रहेको खेलको ८० औं मिनेटमा रुस्लान मिलानोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

खेलमा २–१ गोलले पछि परेको युभेन्ट्सले अन्तिम मिनेटमा पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गर्दा २–२ बराबरीमा खेल टुङ्ग्याएको हो ।योसँगै रोनाल्डोले यो सिजनमा सबै प्रतियोगिता गरि गोल संख्या ३२ पुर्याएका छन् । सिरी ए मा भने रोनाल्डोले खेलेका २८ खेलमा २८ गोल गरेका छन् ।लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३२ खेलबाट ७६ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोले ३२ खेलबाट ६८ अंक रहेको छ । अंक बराबरी गरेको एट्लान्टा ३२ खेलबाट ६७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बेदकोट ताल

https://youtu.be/abEq4-InD70 https://youtu.be/abEq4-InD70

बतासे झरना

शुक्लाफाँटा नगरपालिका ८ कंचनपुरको पहाडको फेदमा अवस्थित सुन्दर बतासे झरना।फारवस्ट राइडरहरुको इतिहासकै पहिलो साईकल राइड। मिति २०७७/५/२७ भरत बिक्रम शाह/ इन्द्र सिंह बोहरा https://youtu.be/bHYnPoc1NZY

असिग्राम केदार बाबाको दर्शन गरौ ( फोटो फिचर )

https://youtu.be/hMmnEoDLkAY https://youtu.be/bv4jKzJhvTM song:- राजा हरिषचन्द्र Vocal:-बिरा राम दमाई / Krishna siradi Lyrics:- करन दमाई / बिरा राम दमाई Music:- अलिशा डिजिटल Audio/video:- अलिशा डिजिटल Director:- Krishna...

एक मुट्ठी चामलको महत्वलाइ बेवास्ता नगर्नुहोस,यस्ता छन् तथ्य एक मुट्ठी चामलको,जुनले...

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन्...

एकाबिहानै सच्चा मनले बागेश्वरी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...

बुढासुब्बा मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ ।...

चक्र थापा र रेखा जोशीको स्वरमा मौलिक देउडा गित“डोट्यालको ठिटो”सार्वजनिक

काठमाडौं । दशैँ तिहारको शुभकामना सहित मौलिक डेउडा गित“डोट्यालको ठिटो”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया