सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निड्स नेपालद्वारा कञ्चनपुरका क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन

दिनेश सिंह महरा / महेन्द्रनगर । शनिबार निड्स नेपाल कञ्चनपुरले जिल्लाका विभिन्न क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन गरेको छ ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी सहितको टोलिले कञ्चनपुरका क्वारेन्टिन र आइसोलेसनहरुमा अनुगमन गरेको हो ।

World Link Ads
Mahakali Polytechnic

कोभिड–१९ को विषम परिस्थिीतिमा निड्सले गरेको सहयोगमुलक कार्यक्रमको प्रभावकारीबारे बुझन अनुगमन गरेको कार्यकारी निर्देशक रेग्मीले बताए ।

Sana Kishan

उनका अनुसार कोभिड–१९ को महामारीको समयमा विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा निड्स नेपालले स्वास्थ्य सामग्री र पानी टयाङ्की वितरण एवम् भौतिक संरचना समेत मर्मत संभार र निर्माण गरेको छ ।

साथै अनुगमनका क्रममा निड्सले गरेका सहयोग मुलक कार्यक्रममा प्रभावकारी रहेको पाईएको कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।

त्यस्तै अगामी दिनमा सहयोगका कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

अनुगमन टोलीमा गैर सरकारी संस्था महासघं सुदूरपश्चिम अध्यक्ष देवि खनाल, नागरिक समाज मञ्चका संयोजक भगत सिह विक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.