Wednesday, October 21, 2020

बालुवाटारमा फैलियो कोरोना

- Advertisement -

काठमाडौं : प्रधानमन्त्रीको सचिवालयका पाँचजना सदस्यसँगै ६७ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीको सरकारी निवास सुरक्षार्थ तैनाथ ६७ जना सुरक्षाकर्मीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार आएको रिपोर्ट अनुसार प्रधानमन्त्रीका तीन सल्लाहकारहरु विष्णु रिमाल, सूर्य थापा र डा. राजन भट्टराईलाई कोरोना पुष्टि भएको थियो। त्यसैगरी प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना देखिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयकै फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना देखिएको थियो। स्रोतका अनुसार शनिबार आएको रिपोर्टमा बालुवाटारको सुरक्षामा तैनाथ नेपाली सेनाका २८ जना, सशस्त्र प्रहरीका १८ जना, नेपाल प्रहरीका २१ जनालाई कोरोना देखिएको छ।

त्यस्तै बालुवाटारभित्रै खटिएका राष्ट्रिय अनुसन्धान विभागका तीनजनालाई पनि कोरोना भएको छ। यससँगै बालुवाटारभित्रै कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि ठूलो संख्यामा बालुवाटारमा कोरोना देखिएको बताउँदै विस्तृत विवरण भने खुलाउन चाहेनन्। स्रोतले दिएको जानकारी अनुसार बालुवाटारमै तैनाथ अन्य करिब ५० जनाको रिपोर्ट आइसकेको छैन। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन्।

कसरी फैलियो कोरोना ?  बालुवाटारभित्र सुरक्षाकर्मीको ब्यारेक र सामूहिक भान्साबाट कोरोना फैलिएको अनुमान गरिएको छ। प्रधानमन्त्रीका तीन सल्लाकारसहित पाँचजनामा उनीहरुका ड्राइभरबाट कोरोना सरेको हुन सक्ने अनुमान बालुवाटारको छ।

प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजागाईंले सुरक्षाकर्मीहरुको सामूहिक मेस र ब्यारेकबाट कोरोना फैलिएको हुन सक्ने बताए। उनले प्रधानमन्त्रीका सल्लाहकार टोलीमा उनीहरुकै ड्राइभर र सुरक्षाकर्मीहरूबाट कोरोना सरेको हुन सक्ने आँकलन गरे।

बालुवाटारमा देशका चारै सुरक्षा निकायका सदस्यहरु तैनाथ छन्। त्यहाँ प्रधानमन्त्री र बालुवाटार परिसरको समग्र सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिएको छ।

उनीहरुको ब्यारेक पनि बालुवाटारभित्रै रहेको छ। त्यहीँ सामूहिक मेस रहेको छ। काठमाडौं उपत्यकामा धेरै कोरोना संक्रमण सुरक्षाकर्मीको ब्यारेकहरुमा देखिएको छ। बालुवाटारमा पनि व्यारेकबाटै कोरोना फैलिएको बताइएको हो।

यद्यपि प्रधानमन्त्रीको निजी सुरक्षाका लागि तैनाथ टोलीमा भने कोरोना संक्रमण देखिएको छैन। त्यसैगरी बुधबार गरिएको परीक्षण अनुसार प्रधानमन्त्री केपी ओली, पत्‍नी राधिका शाक्य, स्वकीय सचिवहरु राजेश बज्राचार्य र दीपेन्द्र दाहालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...

वेपत्ता प्रहरी जवान साउँद मृत भेटिए

सशस्त्र प्रहरी बल नेपाल मुख्यालय ७ नम्बर बाहिनीको गोताखोरको टोलीले प्रहरी जवान रामबहादुर साउँदको शव मोहना नदीबाट निकालेको छ । झण्डै ६० घण्टापछि फेला...

सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन

सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया