Thursday, October 29, 2020

बैतडीः पर्यटन मन्त्री योगेश भट्टराईद्धारा शनिबार पाटन बिमानस्थलको उद्घाटन गरिने !

- Advertisement -

बैतडीको पाटन बिमानस्थलको औपचारीक उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईद्धारा गरिने भएको छ । शनिबार मन्त्री भट्टराईद्धारा उद्घाटन हुने भएको हो ।

बैतडीकाबाट संघिय सांसद दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीका अनुसार असोज १७ गते शनिबार प्लेन चाटर्ड गरी मन्त्री भट्टराई बैतडी आउनु हुने र सोहि दिन बिमानस्थलको औपचारीक उद्घाट हुने छ । यसलाई परिक्षण उडानको रुपमा पनि लिइएको छ ।

बैतडीको पाटन हुदै बझाङ् र डोटीको बिमानस्थल उद्घाटन हुने प्रारम्भीक जानकारी प्राप्त भएको छ । यसैगरी नागरीक उढ्यनका प्रतिनिधि सहित तिनै जिल्लाका संघिय सांसदको उपस्थिती रहने पनि बताइएको छ ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो। पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ । विमानस्थल कालोपत्रे गर्न करिब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो।

त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। सेभेन स्टारमनमा कृष्ण बिष्टले लेखेका छन । 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

आजबाट तातोपानी नाका खुल्ने

१२ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि छ : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन् । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया